नेकपा प्रवक्ताले सार्वजनिक गरे पार्टीका ६ निर्णय




नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा केन्द्रीय सचिवालयको बैठकले गरेको निर्णयबारे बिहीबार साँझ सामाजिक सञ्जालबाट जानकारी गराएका छन्।

NIC ASIA

बैठक लगत्तैपनि प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक लगत्तैपनि प्रबक्ता श्रेष्ठले त्यहाँ उपस्थित पत्रकारहरुलाई जानकारी गराएका थिए।

श्रेष्ठका अनुसार आजको बैठकले ६ वटा निर्णय गरेको थियो। जो निम्न छन्ः

१. पार्टीको केन्द्रीय कार्यालयमा धुम्बाराहीमा रहनेछ।जनबर्गीय संगठन,आयोग तथा बिभागका केन्द्रीय कार्यालयहरु संभव भएसम्म पेरिसडाँडामा रहनेछ।

२. प्रदेश पार्टी तथा जनबर्गीय संगठनहरुको एकिकरणका लागि सुझाब प्रतिवेदन पेश गर्न गठित कार्यदलहरुलाई दिईएको समय बढाई श्रावण मसान्तसम्म कायम गरिएको छ।

३ संघीय तथा प्रदेश सरकारका सदस्यहरु, प्रदेशसभाका दल नेता तथा उपनेता हरु,संघीय संसद तथा प्रदेशसभाका समितिका सभापतिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, सबैस्तरका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुले पार्टी कमिटीको अध्यक्ष र सचिवको कार्यकारी जिम्मेवारी लिने छैनन्।

संघीय संसद तथा प्रदेश सभाका सदस्यहरुले जिल्ला कमिटी वा सो भन्दा तलका कमिटीहरुका अध्यक्ष र सचिबको जिम्मेवारी लिने छैनन्।

४. राजनीतिक प्रतिवेदन श्रावण मसान्तसम्ममा प्रकाशित गरिनेछ।

५.आर्थिक बिनियमसहित विभिन्न निर्देशिका र आचारसंहिताको मस्यौदा गरी प्रतिवेदन पेश गर्न सुवास नेम्वाङको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ।

६ स्थायी कमिटीको बैठक भाद्र ८र ९ गते काठमाडौंमा बस्नेछ।

प्रकाशित २४ साउन २०७५, बिहिबार | 2018-08-09 21:50:04
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...