दोक्लाम विवादपछि पहिलो पटक चिनियाँ मन्त्री थिम्पुमा



भुटानी राजा–रानीसँग चिनियाँ मन्त्री (दायाँबाट दोस्रो)
भुटानी राजा–रानीसँग चिनियाँ मन्त्री (दायाँबाट दोस्रो)

भारतसँग दोक्लाम क्षेत्रमा भएको विवादपछि चीनका उच्च अधिकारी पहिलो पटक भुटान पुगेका छन्। चीनका उप विदेश मन्त्री कोङ सुवानयु तीन दिने भ्रमणको क्रममा सोमबार भुटानको राजधानी थिम्पु उत्रेका हुन्।

छ वर्षअघि चिनियाँ उप विदेशमन्त्री फु यिङको भ्रमणयता संभवतः चीनबाट भुटानमा भएको यो नै उच्च भ्रमण हो। मन्त्री कोङ सुवानयुले थिम्पुमा भुटानी राजा जिग्मी खेशर वाङचुक, प्रधानमन्त्री छिरिङ तोग्बे र विदेशमन्त्री दाम्चो दोर्जीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।

मन्त्री कोङको भुटान भ्रमणको तयारी गर्न दिल्लीस्थित चीनका राजदूत लुओ झाओहुइ र उप नियोग प्रमुख ली विजियान केही दिनदेखि थिम्पुमै थिए। ली करिब एक सातादेखि थिम्पुमा थिए भने राजदूत लुओ शनिबार थिम्पु पुगेका थिए।

विदेश सचिवस्तरका कोङ भुटानसँग सिमा–वार्ता गर्न थिम्पु आएको बताइएको छ तर भ्रमणबारे भुटान र चीन दुवैले पूर्व घोषणा गरेका थिएनन्। भुटानले चिनियाँ उच्च अधिकारीको भ्रमणबारे ‘दिल्लीलाई गुमराहमा राखेको’ आरोप भारतीय अधिकारीहरुले लगाएका छन्। मंसिरमा भुटानमा हुने संसदको चुनावअघि वरिष्ठ चिनियाँ अधिकारीको थिम्पु भ्रमणले दिल्ली तरंगित बनेको छ।

चीनले अन्य दक्षिण एसियाली राष्ट्र जस्तै हिमाली राष्ट्र भुटानलाई पनि बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआइआर) मा सहभागी हुन र आफ्नो देशको आर्थिक विकासबाट लाभ उठाउन थिम्पुमा प्रस्ताव गरेको बताइएको छ। चीनको विदेश मन्त्रालयले भने भुटानसँग सिमा वार्ता भएको र धेरै वटा विषयमा सहमित भएको जनाएको छ।

भारतीय सञ्चार माध्यमहरुले चिनियाँ मन्त्रीको भुटान भ्रमण आगामी निर्वाचनपछि सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने सरोकारवाला पक्षहरुसँग आफ्नो प्रभावमा विस्तार गर्ने योजना अन्र्तगत भएको दावी गरेका छन्।

मध्य मंसिरसम्ममा भुटानको संसद (नेसनल एसेम्बली) को चुनाव हुँदैछ। चुनाव लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटान भ्रमणमा जाने तयारीमा छन्। भुटानका वर्तमान प्रधानमन्त्री तोग्बे दिल्ली निकट मानिन्छन् र अहिले उनको शासन विरोधी लहर चलेका बेला चुनाव झन् रोचक हुने ठानिएको छ।

सन् २०१२ मा चीन र भुटानका तत्कालीन प्रधानमन्त्री वेन जियाबाओ र जिग्मे थिन्लेबीच ब्राजिलमा संक्षिप्त भेटवार्ता भएको थियो। त्यसपछि भुटानसँग कुटनीतिक सम्बन्ध विस्तार गर्ने प्रयास अन्र्तगत चीनले उप विदेशमन्त्री फु यिङलाई थिम्पु पठाएको थियो। तर त्यसलाई बेइजिङसँग निकट हुने थिम्पुको कदमका रुपमा अथ्र्याएर दिल्लीले सन् २०१३ को चुनावमा थिन्लेलाई हराएर तोग्बेलाई भुटानको सत्तामा पुर्‍याउन भूमिका खेलेको मानिन्छ।

सीमा जोडिएपनि भुटान र चीनबीच अहिलेसम्म कुटनीतिक सम्बन्ध छैन। भारतले भुटानलाई आफ्नो प्रभाव क्षेत्रको देश ठान्छ। अन्य बाह्य देशले भुटानमा कुनै गतिविधि गरे दिल्लीले त्यसलाई आफ्नो प्रभाव क्षेत्रमाथि भएको हस्तक्षेपका रुपमा लिँदै आएको छ। 

भारतको सुरक्षा छातामा रहँदै आएको सीमावर्ती देश भुटानमा चीनले कुटनीतिक सम्बन्ध विस्तार गर्न चाहेको छ। पछिल्लो समयमा भुटान र चीनको सिमा दोक्लाम क्षेत्रको विषयलाई लिएर भारत र चीनबीच साढे दुई महिनासम्म विवाद चर्किएको थियो।

चीन र भुटानबीच दोक्लामसहितका सीमा विवाद समाधान गर्न यसअघि २४ चरण वार्ता भैसकेको छ। २५ औं चरणको वार्ता बेइजिङमा हुने भनिएपनि दोक्लाम विवादपछि त्यो अघि बढ्न सकेको थिएन।

भारतीय संस्थापन निकट मानिने टाइम्स अफ इन्डियाले सम्पादकीयमा ‘भुटान र भारतबीचको सम्बन्ध प्रश्नरहित रहेको’ भन्दै ‘चिनियाँ उप विदेशमन्त्री कोङ र राजदूत लुओको भर्खरैको भ्रणमबारे भारतले सावधानीपूर्वक प्रतिक्रिया जनाउनु आवश्यक’ रहेको लेखेको छ।

भारतले नेपालसँग हालै भएको गल्तीबाट पाठ सिक्नु पर्ने उल्लेख गर्दै सम्पादकीयमा लेखिएको छ, ‘त्यसै प्रकारको गल्ती नदोहोरियोस।’

भारतका रणनीति मामिलाका विज्ञ ब्रम्हा चेलानीले भने सधैं झैं कडा प्रतिक्रिया दिएका छन्। ‘चीनको हिमालमा गुप्त युद्धहरुः सानो भुटानले आफ्नो अभिन्न अंग मानेको दोक्लाम पठारका अधिकांश भूभागमाथि चुपचाप नियन्त्रण गरेको चीनले आफ्नो उप विदेश मन्त्रीलाई भुटान पठाएर दुतावास खोल्नका लागि दबाब दिनु असाधारण होइन?’, उनले ट्वीटमा भनेका छन्।

प्रकाशित ८ साउन २०७५, मंगलबार | 2018-07-24 19:27:30
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...