रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना




केपी शर्मा ओली
केपी शर्मा ओली
NIC ASIA

‘हामी कसैबाट सिक्न सक्छौँ तर नक्कल गर्न सक्दैनौँ, संघर्षको इतिहास, आन्दोलन र त्यसलाई संस्थागत गर्ने हाम्रो आफ्नै विशेषता छ।’

बिहीबार गण्डकी प्रदेशसभालाई संबोधन गर्ने क्रममा सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राष्ट्रवादी छवी प्रस्तुत गरे। उनले शान्ति प्रक्रिया, लडाकु मानशिकताको व्यवस्थापनको आफ्नै खालको विशेषता भएको दृष्टान्त पेश गरे। वेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोग निर्माणपछि शान्ति प्रक्रियाका सबै काम टुंगिने र देश विकासको बाटोमा हिँड्ने जिकिर गरे।

विकासको लागि सुशासन, संविधानको सर्वोच्चता, कानूनी राज, लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास एवं भ्रष्टाचारमुक्त समाज निर्माण आफ्नो सपना भएको बताए।

सुशासनको कुरा गरेपछि उनी स्वाट्टै गण्डकी प्रदेशको गुणगानतिर सोझिए ।

‘नामै गण्डकी प्रदेश,सप्त गण्डकी हाम्रो सभ्यता र जीवनको सुरुवात हो,संस्कृतिको सुरुवात हो’, उनले भने, ‘सप्त गण्डकीको सुरुवात हिमालबाट हुन्छ, गण्डकीको ऐतिहासिक, पौराणिक र धार्मिक महत्व छ।’

त्यसपछि उनी सोझै धर्मतर्फ मोडिए। दामोदर कुण्ड, मुक्तिनाथ, मनकामना मन्दिर, पोखराको तालबाराहीको नाम लिँदै उनले यी धार्मिक स्थलहरु पौराणिक कथासँग जोडिएको बताए। नेपालका पूर्खाहरु संसारकै बुद्धिमान भएको दावी गर्दै ओलीले पृथ्वी गोलो भएको तथा गुरुत्वाकर्षण शक्तिको जानकारीपनि पश्चिमा वैज्ञानिकभन्दा यतैकाले पहिला थाहा पाएको बताए।

‘ग्यालिलियोले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएको कति नै भयो र?’, उनले भने, ‘सिद्धान्त शिरोमणि भन्ने किताबमा भाष्कराचार्यले ११५० मै यो विषयमा लेखेका थिए, हाम्रा पुर्खा विद्धान थिए।’

उनी इतिहासतिर फर्किए। तिब्बतदेखि त्रिवेणीसम्म फैलिएको गण्डकी प्रदेशमा भएका लमजुङ, मुस्ताङ, कास्कीलगायतका जिल्लाहरुको नाम लिँदै उनले नेपाल एकिकरणको क्रममा पनि यो प्रदेशले ठूलो योगदान दिएको कुरा गरे।

उनी त्यसपछि साहित्यतर्फ हानिए। भर्खरै आदिकवि भानुभक्त आचार्यको जन्मदिन मनाएको प्रसङ्ग झिक्दै भाषिक एकिकरणको लागि यो क्षेत्रले ठूलो योगदान दिएको बताए। उनले भाषिक एकिकरणको पछिल्लो कडीमा कविशिरोमणि लेखनाथ पौड्याललाई पनि जोडे।

आफू तीन वर्ष पोखराको जेलमा बसेको स्मरण गर्दै उनले देशका अन्य भागमा जाँदा पनि आफूले गण्डकी क्षेत्रको गीतबारे चर्चा गर्ने गरेको बताए। राणाकालमा पनि यो क्षेत्रले भाषिक विकासमा ठूलो योगदान दिएको उनको तर्क थियो।

कृषिमा पनि उस्तै
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकिकरणको लागि आफूसँग योजना भएको सुनाउँदै गर्दा त्यसको उपयोगिता र सदुपयोगिताको सिद्धान्तको पनि व्याख्या गर्न भ्याए।

‘इलाममा एउटै किसानले स्कुस खेतिबाट २ लाख लिए, स्कुस लगाउँदा सम्म जग्गा पनि चाहिँदैन, पानी पनि चाहिँदैन, यसो एउटा झारीजस्तो भए भइहाल्यो’, उनले थपे, ‘झापाका महिलाहरुले सामूहिक खेति गरेका छन्, लोग्नेको जग्गाको भाडा पनि तिरेका छन्, सबै कुरा मेसिनबाट गरेका छन्।’

सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेको बताउँदै उनले भने, ‘यस्ता जुस हामी छ्वास्स छेस्का रोपेर खान्छौँ, त्यसले फाइदा गर्दैन।’

उत्पादन गर्न सके बजारको कुनै अभाव नभएको बताउँदै ओलीले नेपालले उत्पादन गर्न सके भारत र चीनजस्ता ठूला बजारमा यहाँको उत्पादनले प्रवेश पाउने दावी पनि गरे।

पानी बेचेर धनी भइने
रेलमार्ग निर्माणपछि चीन र भारतका सामान मात्र नेपाल आउने नेपालबाट केही पनि निर्यात हुने अवस्था नरहेको चर्चा चलिरहँदा उनले नेपालको खानेपानी बेचेर नै धनी बन्ने जुक्ति पनि फुराए।

‘हाम्रोमा बाहेक मिनिरल वाटर कुनै देशमा बन्दैन। छानेको पानी मिनिरल वाटर बन्छ?’ उनले भने, ‘खोलामा बगेको पानी बोतलमा भरेर बेच्यो भने मात्रै देश धनी बन्छ। रेल चलाएपछि ल्याउने सामान अरु होला, तर पठाउने बस्तु मिनिरल वाटर हो।’

केरुङबाट काठमाडौँ हुँदै पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग विस्तारमा सरकार गम्भीर भएको र त्यही रेलबाट नेपाली पानी निर्यात गर्ने योजना रहेको उनको भनाई थियो।

कुरो फिल्मको पनि
ओलीले गण्डकी प्रदेशलाई पर्यटनको मूख्य केन्द्र बनाउने योजना पनि सुनाए।

‘अहिले पोखरा र मुस्ताङमा कति पर्यटक आएका छन्’, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि पोखरामा पर्यटक बढेकोतर्फ लक्षित गर्दै उनले भने, ‘पख्नोस्, अब म दुई इभेन्ट गराउँछु, तपाईंहरुले पोखरामा होटल थपे हुन्छ।’

अबको दुई चार दिनमै एउटा भारतीय फिल्म निर्माण टोली सुटिङ स्पट हेर्न नेपाल आउन लागेको जानकारी दिँदै उनले भने, ‘बन्दीपुर, मस्र्याङ्दी आसपासको क्षेत्रमा सुटिङ हुनसक्छ, पालुङटारतिर गयो भने हिमाल राम्रो नदेखिनसक्छ।’

गण्डकी प्रदेश फिल्म निर्माणको लागि उत्तम रहेको जिकिर गर्दै यो प्रदेशमा फिल्म सिटी बन्दा आधा मुम्वई यता सर्ने जिकिर पनि गरे। ‘अमिताभ बच्चन त्यसै यता आएका हैनन्’ उनले भने, ‘मुम्वईमा समथर बाहेक केही देख्न पाईंदैन, यता हिमालदेखि तालसम्म सबै देख्न पाईन्छ।’

प्रकाशित ३ साउन २०७५, बिहिबार | 2018-07-19 19:34:18
Max TV
Max TV
Zen Travels

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...