विधेयक फिर्ता लिए मात्रै वार्ता, कर्मचारीसँग हुन्नः डा केसी


Infocus



अनशनरत डा‍‍ गाेविन्द केसी।
अनशनरत डा‍‍ गाेविन्द केसी।

जुम्लामा १९ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीले कर्मचारीसँग वार्ता नगर्ने घोषणा गरेका छन्।

NIC ASIA

सरकारले कर्मचारीलाई म्यान्डेट नै नदिई वार्ता गर्न पठाएको भन्दै डा. केसीले जुम्लाको खलङ्गाबाट बुधबार विज्ञप्ति प्रकासित गरी कर्मचारी सम्मिलित सरकारी टोलीसँग वार्ता नगर्ने घोषणा गरेका हुन्।

तीन चरणसम्म भएको वार्ताका क्रममा सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव खगराज बराल नेतृत्वको टोलीले मन्त्रीलाई सोधेर मात्रै जवाफ दिने बताएका थिए।

‘हामीसँग प्रारम्भीक चरणको वार्ता गरेकोमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको अवस्था छ’ केसीले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक म्यान्डेट नै नदिई कर्मचारीहरु मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम मात्रै भएको छ। फलस्वरुप हाम्रा मागको अन्तर्बस्तुमा गएर सार्थक वार्ता शुरु हुन सकेको छैन।’

कर्मचारीको टोली पठाएर सरकारले झारा टार्ने मात्रै काम गरेको भन्दै डा. केसीले सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको आरोप सकेत लगाएका छन्। ‘हामीले उठाएका एजेण्डाप्रति सरकार उदाशीन रहेको देखिन्छ’ केसीले भनेका छन्, ‘यो अवस्थामा हाम्रा माग सम्बोधन गर्नका लागि सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य छैन।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र अनशनरत केसीले वार्तालाई तार्किक निचोडमा पुर्‍याउन संसदमा दर्ता चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने पनि अडान लिएका छन्। वार्तालाई तार्किक निश्कर्षमा पुर्‍याउनका लागि तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गर्दर्छौं’ भन्दै केसीले भनेका छन्, ‘त्यसो भएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी पनि गराउँछौं।’

प्रकाशित २ साउन २०७५, बुधबार | 2018-07-18 15:37:11
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...