कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण


Infocus



नेपालखबर
नेपालखबर

असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।

पछिल्लो समीकरण लामो समयसम्म चले त्यसले देशको सबैभन्दा लामो इतिहास भएको लोकतान्त्रिक पार्टीको आगामी नेतृत्व चयनमा समेत महत्वपूर्ण परिवर्तन ल्याउनेछ।

असार १८ को राति बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बरिष्ठ नेता रामचन्द्र पौडेलसँग सम्वाद भएको थियो। एकअर्काका प्रतिद्वन्द्वी रहँदै आएका दुर्इ नेताहरू त्यसपछि निकट भएको देखिएको हो। यसले कांग्रेसभित्रको आन्तरिक राजनीतिमा ठूलै हलचल ल्याइदिएको छ।

यो नयाँ समीकरणले पार्टीभित्र उदाउँदै गरेको कृष्णप्रसाद सिटौला नेतृत्वको गुट अप्ठ्यारो अवस्थामा पुगेको कतिपयको विश्लेषण छ।

पौडेल-देउवाबीच वार्ता भएको भोलिपल्ट असार १९ मा डाकिएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पौडेलले यसअघि जस्तो सभापतिको आलोचना गरेनन्। बरू उल्टै सभापतिलाई सहयोग गर्दै आगाडि बढ्न आग्रह गरे। त्यसले उनी देउवा क्याम्पमा पुगेको स्पष्ट संकेत गर्छ।

देउवा– पौडेलबीचको नयाँ समीकरणपछि असार २५ मा राजधानीमा सम्पन्न पार्टीका पुराना नेतासँग भेघाट तथा छलफल कार्यक्रम सिटौला र प्रकाशमान सिंह समूह अनुपस्थित रह्यो। यसलार्इ कतिपयले बहिस्कारै भनेर अर्थ्याएका छन्।

यसअघि हेटौंडामा भएको जिल्ला सभापति भेलामा पनि सिटौला समूहले मञ्च बहिस्कार गरेको थियो। प्रकाशमान सिंहले बोल्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। सो असहमति पछि कांग्रेसभित्र गुटको चलखेल अझ चुलिएको छ।

सभापति देउवा पछिल्लो समय पार्टी सुधारका लागि सबै नेतालाई सँगै लिएर जाने र गुटबन्दी अन्त्य गर्ने बताइरहेका छन्। सभापतिको यो रणनीतिलाई पार्टीभित्रका केही नेताले सकारात्मक ठानेका छन्। केन्दीय सदस्य  प्रदीप पौडेल भन्छन्, 'तर सभापतिको नीति कसरी प्रयेग हुन्छ त्यो भने हेर्नुपर्छ।'

सुधारको नाममा गुटबन्दी अझ बढ्नसक्ने उनको शंका छ।

'हामी पार्टीका सबै नेताहरु सहमतिमा अगाडि बढेको हेर्न चाहन्छौं तर पार्टी सुधारको नाममा गुटबन्दी झनै मौलाएर नजाओस् भन्ने युवा चाहना हो', पौडेल भन्छन्। निर्वाचनमा कांग्रेसले व्यहोरेको पराजयसँगै गगन थापा नेतृत्वमा ७ युवाले एउटा अलग समूह बनाउँदै पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज उठाएका थिए। कांग्रेसभित्रको प्रगतिशील धारको रूपमा उदाउन खोजेको यो समूहका नेता गगन थापाले पार्टी सुधारको मार्गचित्र तयारी पारी सभापति देउवालार्इ बुझाएको थियो।

गुट आयाम परिवर्तन हुँदै

१३ औं महाधिवेशनमा तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिका प्रत्यासी थिए। दुई वर्षअघि सम्पन्न महाधिवेशनमा सिटौला समूहको सहयोगकै कारण देउवाले बाजी मारे।

देउवा-सिटौलाबीचको त्यो गठजोड २०७४ मंसिरसम्म कायमै रह्यो। प्रतिनिधिसभा निर्वाचनमा सभापति देउवाले उनलार्इ निर्वाचन क्षेत्र (झापा-३) छोड्न भने। उनको प्रस्तावमा सिटौला सहमत भएनन्, चिडिए। अड्डी कस्दै उनी सोही क्षेत्रबाट उम्मेदवार बने। यही कारण हो चुनाबपछि सिटौला समूहले देउवाप्रति 'सफ्ट कर्नर' राख्न छोड्यो। कोइराला परिवारका नेतासहितको पौडेल समूह त्यसै आक्रमक भइरहेको अवस्थामा देउवालार्इ अप्ठ्यारो पार्ने अवस्था बढ्दै जाँदा असार १८ मा पौडेल-देउवा सहमति भएको देखिन्छ।

यसको सुत्रधार असार ५ देखि ८ गतेसम्म हेटौंडामा चलेको पार्टी जिल्ला सभापतिको भेलालार्इ कतिपयले मान्ने गर्छन्। सो भेलामा देउवा मात्र होइन पौडेललार्इ पनि गुट चलाएको आरोप लागेको थियो। त्यसयता सभापति देउवा पार्टीभित्र गुटबन्दी अन्त्य गर्ने बताउँदै आइरहेका छन्।

सभापतिले अब सबै असन्तुष्ट समूहलाई साथ लिएर अगाडि बढ्ने नयाँ नीति बनाएको कांग्रेस सचेतक बालकृष्ण खाँड बताउँछन्। उनका अनुसार प्रतिपक्षलाई बलियो बनाउन देउवाले कांग्रेसलाई आन्तरिक रुपमा बलियो बनाउने रणनीति अवलम्बन गरेका हुन्। यो प्रस्तावमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सकारात्कम देखिएको उनले बताए।

'सबै असन्तुष्ट पक्ष सहमतिमा ल्याउने कोसिस सभापतिले गरिरहनुभएको छ, यसमा सबै पक्षका नेताहरु सकारात्कम हुनुहुन्छ’ सचेतक खाँडले नेपालखबरसँग भने,'अब कांग्रेसभित्र धेरै परिवर्तन आउँछ, सबैको चाहना यही छ।' 

कोइराला परिवारको ‘कमब्याक’ रणनीति

लामो समयसम्म नेपाली कांग्रेस र कोइराला परिवार एकअर्काका पूरकजस्ता भएर  रहे। १३औं महाधिवेशनको परिणामपछि भने दृश्य केही बद्लियो। डा.शशांक कोइराला महामन्त्रीबाहेक पदाधिकारीमा कोइराला परिवारबाट अरू आएनन्।

उनी कुनै समूहलाई समर्थन नगरी पार्टी सुधारको अभियानमा छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर रहे पनि उनी नेतृत्वप्रति तटस्थ छन्। उनको यो फरक व्यवहारलार्इ कतिपयले नेतृत्वमा पुग्ने कुटनीतिको रूपमा लिएका छन्।

विपीपुत्र शंशाक, केशव–नोनापुत्र डा.शेखर र गिरिजापुत्री सुजता कोइराला कांग्रेसभित्र नेतृत्वमा उदाउन सङ्घर्षरत छन्। शंशाक पार्टीको सभापति बन्ने लाइनमा छन्। कांग्रेसभित्र शशांकको भूमिका देउवा–पौडेल खेमासँग समदूरीमा प्रकट भइरहेको छ। उनले आफूलाई पार्टी्भित्र राजनीतिक रूपमा अधिक सन्तुलित र सचेत देखाउन प्रयत्न गर्दै अएका छन्।

प्रकाशित ३० असार २०७५, शनिबार | 2018-07-14 17:28:19
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    मी टू सन्दर्भः ओठ भरिलो पारेर उसले मेरो ब्लाउजमाथि ‘फ्रिक्सन’ गरिरह्यो

    मेरो छेउको त्यो पुरुषले बिनाकारण मेरो अंग प्रत्यङग स्पर्श गर्न थाल्यो। आँखा रसिलो र ओठ भरिलो पारेर ऊ मेरो ब्लाउजमाथि घरि घरि हातले फ्रिक्सन (घर्षण)...

  • सुनम गौतम

    अष्ट्रेलियन क्रिकेटमा नेपाली युवाको संघर्ष

    नोभेम्बरको अन्तिम साताबाट सुरु हुने भिक्टोरिया टी–२० स्लामलाई उनले बीबीएलमा पर्ने प्रतियोगिताको रुपमा उपयोग गर्ने बताए। उनको क्लबको पहिलो खेल नै...

  • भुटानी नरेश जिग्मी खेशर वाङचुक भारतीय प्रधानमन्त्री माेदीसँग

    भारतको ऋण चंगुलबाट निस्केला भुटान?

    चुनावैपिच्छे नयाँ पार्टीको सरकार बन्ने परम्परा बसेको भुटानमा प्रधानमन्त्रीका रुपमा छिरिङको सफलता बिजुलीको मूल्य वृद्धि र भारतको ऋणभार कम गर्नुमै...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    यी राजकुमार क्षेत्री, जो विमानस्थलका सटर सुन तस्करलाई भाडामा दिन चाहन्थे

    सरकारको खरिद नियम उल्लंघन गरी बद्नियतपूर्ण तरिकाले आफूले चाहेको ठेकेदारलाई सटर भाडामा दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक...