नेपालको सैन्य क्षेत्रमा सघाउने चिनियाँ इच्छा

बेइजिङमा प्रधानसेनापति र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता


Infocus



प्रधानसेनापति राजेन्द्र क्षत्री र चिनियाँ रक्षामन्त्री वै फङह
प्रधानसेनापति राजेन्द्र क्षत्री र चिनियाँ रक्षामन्त्री वै फङह

यसअघि भएका सम्झौताको व्यवहारिक कार्यान्वयन गर्ने तत्परता देखाउँदै चीन र नेपालले आवश्यक सहयोगको प्रतिवद्धता जनाएका छन्।

चीन भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री र चिनियाँ राज्यपरिषद सदस्य एवं चिनियाँ रक्षामन्त्री वै फङहबीच बुधबार बेइजिङमा भएको भेटवार्तामा चिनियाँ पक्षले यस्तो प्रतिवद्धता जनाएको हो।

भेटमा मन्त्री वैले नेपाल र चीन परम्परागत मित्र भएको बताउँदै चीनको महत्वपूर्ण अभिरूची र चासोका विषयमा समर्थन जनाएकोमा नेपालको प्रशंसा गरे। हालसालै चीन भ्रमणमा आएका बेला नेपालका प्रधानमन्त्री केपी शर्मासँग भेटवार्ता गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङले पनि नेपाल सम्बन्ध इतिहासको सबैभन्दा माथिल्लो विन्दुमा पुर्याउने विषयमा मतैक्यता जनाएको मन्त्री वैले स्मरण गरे।

चीन र नेपाली सेनाले दुई देशका नेतागणबीच यसअघि भएका सहमति बमोजिम व्यवहारिक सहयोगलाई गहन पार्दै बेल्ट एण्ड रोडको प्रारूप बमोजिम साझा भाग्य समुदाय निर्माणमा सहयोग पुर्याउनुपर्नेमा जोड दिँदै चिनियाँ रक्षामन्त्री वैले भने, ‘दुवै देशका सेनाले नेताहरूबीचका सहमतिहरू इमान्दारीपूर्वक लागू गर्नुपर्छ, दुई देशका सेनाबीचको व्यवहारिक सहयोगलाई गहन पार्दै जानुपर्छ, र आपसी मित्रतालाई मजबुत पार्दै बीआरआईको कार्यान्वयनमा योगदान गर्नुपर्छ।’

चीनको रक्षा विभागको विज्ञप्तिमा उल्लेख भए अनुसार चीनले नेपालसँगको विकास साझेदारीमा निकै महत्व दिएको छ र नेपाली सेनाको लागि आवश्यक सरसहयोग गर्न तत्पर छ। चिनियाँ रक्षामन्त्री वैले भने, ‘दुई देशका नेताबीचको सहमति बमोजिम रणनैतिक सम्पर्क, तालिम, उपकरण प्रविधि, उद्धार तथा विपत्ति निवारणमा सहकार्य गर्न चिनियाँ सेना इच्छुक छ। ’

भेटवार्तामा प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाको समर्थनका लागि चीनले गरेको सहयोगप्रति आभार प्रकट गरे। उनले विभिन्न क्षेत्रमा चीनसँगै सहयोग तथा आदान(प्रदान गर्न नेपाल इच्छुक रहेको पनि सुनाए। नेपाल एक चीन नीतिको दृढ समर्थक रहेको बताउँदै क्षेत्रीले भने, ‘चीन विरोधी गतिविधिका लागि नेपालले कहिल्यै पनि आफ्नो भूमि प्रयोग गर्न अनुमति दिँदैन।’

प्रधानसेनापति क्षत्री झण्डै ११ दिन लामो चीन तथा म्यानमार भ्रमणको तालिका बनाएर गत असार १९ गते निस्किएका थिए। चीन भ्रमणअघि उनले पाकिस्तानको पनि भ्रमण गरेका थिए।

प्रकाशित २८ असार २०७५, बिहिबार | 2018-07-12 15:00:22
Max TV
Max TV
Zen Travels
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • यसरी हुँदैछ धरहरा पुनर्निर्माण (फोटो/भिडियो)

    भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको काम सुरु भएको छ। भूकम्प गएको सांढे तीन वर्षपछि धरहराको पुनर्निर्माण थालिएको हो।

  • अब म धेरै बाँच्दिनँ होला: राजेन्द्र खड्गी

    लामो समय नेपाली सिने जगतमा द्वन्द्व निर्देशनमा एकछत्र राज गरेका राजेन्द्र खड्गी अहिले पनि यही क्षेत्रमा क्रियाशील छन्।

  • बाबु लक्ष्मीप्रसाद देवकोटाको तस्बिरसँग छोरी अम्बिकादेवी रिमाल

    लक्ष्मीप्रसाद देवकोटासँग छोरी अम्बिकाका ती दिन

    अम्बिकादेवी भन्छिन्, ‘गोष्ठीमा कविता सुनाउने कार्यक्रम रहेछ। तर बुबाले आफ्नो कविता नै लान बिर्सनुभएछ। त्यसपछि त्यहीँ दाल, भात, डुकू शीर्षकमा कविता...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    घुसखाेर कर्मचारीको नयाँ शैलीः जाेगिने विधि सिक्न अख्तियार ‘पोष्टिङ’

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीनवर्ष बस्दा उपसचिव (जिल्ला न्यायाधीवक्ता) कोषहरि निरौलाले अनुसन्धान अधिकृत बनेर दर्जनौ मुद्दाको अनुसन्धान गरे।