सिंहदरबारमा बिशेष पास, मन्त्रालयको भिजन मात्र हो: गृह प्रवक्ता


Infocus


गृह मन्त्रालय
गृह मन्त्रालय
Prabin_Koirala

देशको प्रमुख प्रशासनिक निकायमा अनावश्यक भिड बढेसँगै सुरक्षा चुनौती र काममा बाधा पुगेपछि मन्त्री र कर्मचारीको गुनासो बढ्यो: अनावश्यक भिड कसरी रोक्ने?

NIC ASIA

नीति निर्माण र कार्यन्वयन तहका महत्वपूर्ण काममा व्यस्त हुने मन्त्रालय भेटघाट, सिफारिससँगै बिचौलियाहरुको चहलपहल रोक्न गृहमन्त्रालयले एउटा सोच(भिजन) अघि सा-यो: निश्चित मन्त्रालयले पास उपलब्ध गराउने, सम्बन्धित र सरोकारवालालाई सो स्थानसम्म जान सहज बनाउने, अनावश्यक स्थानमा जानबाट रोक्ने। अहिले यही भिजनका बिषयमा गृहमन्त्रालयमा प्रारम्भीक छलफल भइरहेको छ।

‘सुरक्षा र अनावश्यक भिड रोक्ने सम्बन्धमा एउटा भिजनको विकास भएको हो, यो अझै भिजनमै सिमित छ, तत्काल लागू गर्ने भन्ने होइन। यसमा छलफल र राय सुझाव मागिनेछ’ गृहमन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले भने ‘सम्बन्धित बिटका पत्रकारहरुलाई आवश्यक मन्त्रालयमा सहज पहुँचको व्यवस्था गर्ने भन्ने बिषय हो।'

गृहमन्त्रालयले सुरक्षा र अनावस्यक भिड हटाउन सिंहदरबार प्रवेशका लागि बिशेष पासको व्यवस्था सहितको भिजन अघि सारेको हो।

सिंहदरबार परिसरको सुरक्षाका लागि राखिएको प्रहरी गणको प्रस्तावमा मन्त्रालयले प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयले मात्र प्रवेश पास जारीगर्ने व्यवस्थाका बिषयमा प्रारम्भीक छलफल गरिरहेको हो। मन्त्रालयको भिजन अनुसार कर्मचारी, सुरक्षाकर्मी, सर्वसाधारण र पत्रकारका लागि फरक किसिमका स्तरीय पासको व्यवस्था हुनेछ।

पत्रकारहरुले सूचना विभागबाट जारी भएको पासमा आधारमा सिंहदरबार भित्र सम्बन्धित बिटका मन्त्रालयमा मात्र प्रवेश पाउने छन्। यस्तै सर्वसाधारणले आफ्नो काम भएको मन्त्रालयसम्म मात्र जान पाउने छन्।

प्रकाशित २७ असार २०७५, बुधबार | 2018-07-11 21:24:54
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...