Exclusive

थप ५० हजारलाई सक्रिय सदस्य बनाउने राप्रपाको निर्णय



राप्रपा
राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी तथा प्रदेश अध्यक्षहरूको संयुक्त बैठकले आगामी मंसिर मसान्तसम्म थप ५० हजार सक्रिय सदस्य बनाउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने भएको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा मंगलबार शुरु भएको उक्त बैठकले आगामी चैत मसान्तभित्र प्रदेश अधिवेशन र संयोजित संगठनहरूको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिएका छन्। 

पार्टीले आगामी पुस मसान्तभित्र गाउँ/नगरपालिकाको वडा तहसम्म कार्यसमिति गठन तथा पुनःगठन गरी २०७६ भदौ १५ गतेभित्र प्रदेशस्तरीय प्रशिक्षण र भेला आयोजना गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी आगामी पुस मसान्तभित्र संयोजित संगठनहरूको गाउँ तहसम्म कार्यसमिति गठन गर्ने र २०७६ साउनभित्र हिन्दुराष्ट्र पुनःस्थापनार्थ राष्ट्रिय जनजागरण अभियानको प्रदेशस्तरीय कार्यक्रम शुरु गर्ने निर्णय पनि भएको छ।रासस

प्रकाशित २७ असार २०७५, बुधबार | 2018-07-11 19:10:23
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।