बजेट कार्यान्वयनका लागि प्रधानमन्त्रीले मन्त्रीहरुसँग छलफल गर्ने




प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा मन्त्रीहरुसँग सामूहिक छलफल सुरु गर्ने भएका छन्।

NIC ASIA

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा प्रधानमन्त्री ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा सबै मन्त्रालयले आजै बुझाएको कार्ययोजनामाथि छलफल सुरु गर्ने भएका हुन्।

सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धि मन्त्रीहरुले पेश गरेको कार्ययोजनामाथि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने गरी छलफल सुरु गरिएको सरकारको प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले आगामी श्रावण १ गतेदेखि लागू हुने सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको स्पष्ट कार्ययोजना बनाउन सबै मन्त्रीहरुलाई निर्देशन दिए। सोही निर्देशन अनुसार सबै मन्त्रालयले आजै प्रधानमन्त्री ओलीलाई आफ्नो कार्ययोजना बुझाएको हो।

 

प्रकाशित २७ असार २०७५, बुधबार | 2018-07-11 18:57:43
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।