विपद् व्यवस्थापन एकद्वार प्रणालीबाट हुनुपर्छः मुख्यमन्त्री पोखरेल




प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विपद् व्यवस्थापन कोषको परिचालन एकद्वार प्रणालीबाट हुनुपर्ने बताएका छन्।

NIC ASIA

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशअन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको विपत् सुरक्षा गोष्ठीको मंगलबार मणिग्राममा उद्घाटन गर्दै विपद् व्यवस्थापनको कामको नेतृत्व एउटै निकायबाट हुन सकेमात्र प्रभावकारी हुने बताए। 

उनले भने, ‘विपद्मा उद्धार, राहत र पुनःस्थापनाको काम देखाउनका लागिभन्दा पनि मानवीय कर्तव्य ठानेर काम गर्नुपर्छ।’

मुख्यमन्त्री पोखरेलले विपद् व्यवस्थापनका लागि सरकारका सबै निकाय र सरोकारवाला संघसंस्थाले उद्धारका साथमा राहतको काम पनि सँगै अघि बढाउनुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले साउन महिना विपत्तिका लागि बढी जोखिमपूर्ण हुने भएकाले अहिलेदेखि नै पूर्व सतर्कता अपनाउन निर्देशन दिए। उनले राहतका लागि सम्भावित क्षेत्रमा पूर्व तयारी गर्न रणनीति बनाउनसमेत प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई आग्रह गरे। उनले विपत् व्यवस्थापनका लागि प्रदेश सरकारले छ करोडको कोषको व्यवस्था गरेको जानकारी गराए।

कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव शंकर पाठकले कार्यक्रमको उद्देश्यमाथि जानकारी गराउँदै विपद् व्यवस्थापनका लागि आयोजित गोष्ठीले प्रभावकारी निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे।

एक दिवशीय गोष्ठीमा जिल्लास्तरमा विपद् पूर्वको व्यवस्थापकीय अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारीहरुको प्रस्तुति रहेको छ। रासस

प्रकाशित १२ असार २०७५, मंगलबार | 2018-06-26 17:24:52
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...