अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख




सभामुख कृष्णबहादुर महरा
सभामुख कृष्णबहादुर महरा

सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयनमा नआउने बताएका छन्।

NIC ASIA

भरतपुर महानगरपालिकाको दोस्रो नगरसभालाई आज सम्बोधन गर्दै सभामुख महराले हिजोको केन्द्रीकृत र एकात्मक ढाँचामा आधारित राज्यसत्ता जसको अधिकार सिंहदरबारमा थियो, त्यसलाई स्थानीय तहसम्म ल्याएर संघीयता कार्यान्वयन गर्नुपर्ने बताएका हुन्।

स्वायत्ततासहितको संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै उनले अहिले चुनौती देखिएता पनि धैर्यताका साथ बहस गर्दै गएमा संघीयता कार्यान्वयनतर्फ जाने बताए।

'अन्योलता अझै छन्, केन्द्रमा बजेट प्रस्तुत भयो तर बजेटबारे निकै आलोचना छ, सत्ता पक्ष र प्रतिपक्षले यसको गम्भीरता अझै बुझ्न बाँकी छ' उनले भने,'संघीयता कार्यान्वयनको तहसम्म हामीले लागू गर्न सक्यौं भने मात्रै बुझ्न सकिन्छ।'

उनले भने,'संघीयताको वास्तविक मर्म भनेको जातीय, क्षेत्रीय, स्वायत्तता कायम गर्ने मात्रै होइन, यो एउटा अंश मात्रै हो, आधारभूत रुपमा केन्द्रमा रहेको जनताको अधिकार र स्रोत साधनलाई तल ल्याउनु हो।'रासस

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 20:32:20
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।