कांग्रेसको छायाँ सरकारले सुरु गर्‍यो स्थानीय तहका कामको अनुगमन


Infocus


नेपाली काँग्रेसको झन्डा
नेपाली काँग्रेसको झन्डा

स्थानीय सरकारले गरेका विकास निर्माणको कार्यलाई नेपाली कांग्रेसको छायाँ सरकारले अनुगमन गर्न शुरु गरेकाे छ।

NIC ASIA

 बाँफीकोट गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँमा भएका भौतिक पूर्वाधारको अवस्थाका बारेमा छायाँ सरकारले अनुगमन गरेको हो।

विकास निर्माणको नाममा हुनसक्ने भ्रष्टाचार र अनियमिततालाई रोक्नका लागि विभिन्न योजनाको अनुगमन शुरु गरिएको बाँफीकोटका छायाँ सरकार प्रमुख हर्कसिंह खत्रीले बताए।

अनुगमनका क्रममा निर्माण भएका भौतिक पूर्वाधारमध्ये पुल, सडक, खानेपानी, विद्यालय भवन, लक्षित वर्गको बजेटलगायतका क्षेत्रमा धेरै अनियमितता देखिएकोे प्रारम्भिक जानकारी आएको उनले बताए।

कुनै योजनामा नयाँ निर्माण गर्दा खर्च भएको रकमभन्दा अहिले मर्मतमा बढी खर्च गरेको, गुणस्तरीय सामग्रीको प्रयोग नगरेको, प्राविधिक स्टिमेटअनुसारको काम नभएको अनुगमनका क्रममा देखिएको छायाँ सरकार बाँफीकोटअन्तर्गत निर्माण तथा भौतिक पूर्वाधार विभागका संयोजक धीरेन्द्रकुमार शाहीले बताए।

निर्माण भएका प्रायः सबै योजनामा आमभेला नबोलाई एक्लौटीरुपमा उपभोक्ता समिति गठन भएकाले पनि भने अनुसारको काम नभएको उनको भनाइ छ।

छायाँ सरकारले गाउँपालिकाअन्तर्गत १० वटै वडामा भएका सबै योजनाको अनुगमन गर्ने प्रमुख खत्रीले बताए। यहाँ भएका योजना र अनियमितताका बारेमा जनतालाई जानकारी गराउने उद्देश्यले अनुगमन गर्न शुरु गरिएको उनको भनाइ छ। रासस

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 16:14:17
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...

  • प्रधानमन्त्री केपी शर्मा ओली।

    हप्तादिनमै अरिङ्गालबाट मौरीतर्फ ओलीको ‘यु-टर्न’

    पार्टीका नेता तथा कार्यकर्तालाई विरोधीमाथि अरिंगालझैँ जाइलाग्न निर्देशन दिएको हप्ता दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओली ‘यू–टर्न’ भएका छन्।