प्रदेश ४ को नाम संसदमा टेबुल, १७ गते टुंगो लाग्ने


Infocus


प्रदेश नम्बर ४ को संसदमा आइतबार प्रदेशको नाम र राजधानीको विषय टेबुल भएको छ।

NIC ASIA

नामाङ्कन तथा सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले विभिन्न विकल्पसहितको नाम र राजधानीबारेको सुझाव संसदमा टेबुल गरेका हुन्।

थापा संयोजक रहेको समितिले पहिलो प्राथमिकतामा गण्डकी,दोश्रोमा तमुवान–मगरात, तेश्रोमा गोरखा र चौंथोमा धवलागिरी नामको प्रस्ताव गरेको छ। प्रदेशको राजधानी भने पोखरा मात्र सिफारिस गरिएको छ। प्रदेश राजधानीबारे बिवाद नभए पनि नामको बारेमा भने केही बिवाद देखिँदै आएको छ।

केही जातीय संघ संस्थाहरुले प्रदेश नम्बर ४ लाई तमुबान मगरात राख्न विभिन्न दबाबमूलक कार्यक्रम संचालन गर्दै आएको तथा जिल्लागत रुपमा प्राप्त सुझावहरुलाई समेटेर समितिले विकल्पसहितको नाम संसदमा पेश गरेको संयोजक विन्दुकुमार थापाले बताए।

संसदमा टेबुल भएको नामबारे यही असार १७ गतेदेखि छलफल हुनेछ। १७ गतेको संसद बैठकले राजधानीबारे टुंगो लगाउने छ भने त्यसपछिका बैठकहरुमा सभासदहरुले पनि नामबारे आ–आफ्नो सुझाव दिने कार्यक्रम छ।

नामांकन समितिले प्रतिवेदन बुझाएपछि पनि नामको विषयमा छलफल नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध समेत गरेको थियो।

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 15:48:24
Max TV
Max TV
Zen Travels

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

वाशुदेव मिश्रबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...

  • प्रधानमन्त्री केपी शर्मा ओली।

    हप्तादिनमै अरिङ्गालबाट मौरीतर्फ ओलीको ‘यु-टर्न’

    पार्टीका नेता तथा कार्यकर्तालाई विरोधीमाथि अरिंगालझैँ जाइलाग्न निर्देशन दिएको हप्ता दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओली ‘यू–टर्न’ भएका छन्।