विवेकशील साझाको वृक्षारोपण कार्यक्रम सम्पन्न




विवेकशील साझा पार्टीको दहचोक ( चन्द्रागिरी-१ ) वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। करिब ९०० विरुवाहरु केउरानी सामुदायिक उपभोक्ता बन लगाएतका वरिपरिका खुल्ला क्षेत्रहरूमा रोप्दै विवेकशील साझा पार्टीले काठमाडौं लगायत देशैभरि सफा र हरियाली बनाउन पार्टीले स्थानीयलाई प्रेरित गर्ने जनाएको हो।

NIC ASIA

वृक्षारोपणमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, केन्द्रीय सदस्यहरु मिलन पाण्डे, अर्जुन सिंह ठकुरी, मानवी पौड्याल, डा. दिनेश प्रशाई आदीको उपस्थिति थियो। कार्यक्रममा स्थानीयहरु अनि विवेकशील साझा पार्टीका सदस्यहरु मिलेर विभिन्न प्रजातीका विरुवाहरु अनि फलका विरुवा रोपेका थिए।

कार्यक्रममा विरुवा रोप्दै रवीन्द्र मिश्रले अब विवेकशील साझा पार्टीले सामाजिक, आर्थिक, राजनैतिक अभियान देश व्यापीरुपमै अघि बढ्ने बताए। उनले देशको प्रमुख सहरहरु अनि गाउँ-गाउँमा समेत विवेकशील साझा पार्टीलाई स्वागत गर्न आतुर रहेको पाएको बताए। भर्खरै आफ्नो प्रदेश ७ को संगठन विस्तारको अनुभव सुनाउदै दुर्गम वस्तीहरुमा समेत विवेकशील साझाको नेतृत्व अनि पार्टी प्रति आस्था रहेको पाएको बताए। उनले उक्त विरुवाहरुको स्यारसुसार अनि संरक्षणमा समेत ध्यान दिन स्थानीयलाई अनुरोध गरे।

त्यस्तै, कार्यक्रमपछि विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरुले स्थानीयहरू अनि सदस्यहरुसंग अन्तरक्रिया गरेका थिए। पार्टीका केन्द्रीय सदस्य तथा उक्त क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार मिलन पाण्डेले राजनीति चाहिने भन्दा धेरै नकारात्मक भएको भन्दै अब राजनीतिलाई सकारात्मक अनि सामाजिक उत्तरदाइत्वको रुपमा स्थापित गर्ने बताए।

त्यही क्षेत्रबाट गत प्रदेशसभामा विवेकशील साझाका उम्मेदवार समेत रहेका सुरेन्द्र बहादुर रानाभाटले विवेकशील साझा पार्टी चुनाबमा आउने अनि हराउने नगर्ने भन्दै विभिन्न कार्यक्रम मार्फत आफ्नो दाइत्व पुरा गर्ने बताए। कार्यक्रमको संयोजन गरेको दहचोक इकाईका संयोजक पवन गिरिले अब दहचोकलाई संवृद्ध बनाउन आफुले इमान्दार प्रयास गर्ने बताए।

कार्यक्रमपश्चात उक्त विरुवाहरुको संरक्षणका निम्ति एउटा टोली समेत बनाएर संरक्षणको लागि प्रतिबद्धता समेत गरिएको थियो।

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 15:35:43
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।