प्रदेश नं ४ को नाम र राजधानी सम्बन्धमा छलफल हुँदै




प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आइतबारको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ।

NIC ASIA

 यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो।

गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो।

प्रतिवेदनअनुसार पहिलो प्राथमिकतामा गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि नाम प्रस्तावित छ।

यसअघि नामाङ्कन समितिले प्रतिवेदन बुझाए पनि नामको विषयमा छलफल नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत जेठ २६ गते सदन अवरुद्ध गरेको थियो भने २७ गते दुईपटकसम्म बैठक अवरुद्ध भएकामा तेस्रोपटक मार्सल लगाएरै बैठक चलाइएको थियो।

प्रदेशसभाको बैठकमा आज नाम र राजधानीका सम्बन्धमा छलफल हुने भएपछि प्रदेशको नाम तमुवान मगरात हुनुपर्ने माग गर्दैै आएको तमुवान मगरात संयुक्त संघर्ष समितिले नदीपुरमा धर्ना दिएको छ।

स्थानीय प्रशासनले नदीपुरदेखि प्रदेशसभास्थल र आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। रासस

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 14:29:52
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...

  • क्रोएशियालार्इ स्तब्ध पार्दै फ्रान्स बन्यो दोस्रो पटक विश्वविजेता

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

  • धेरै अवस्थामा उद्धार जरुरी हुँदैन

    नेपालमा हिमाली उद्धारको फरक इतिहास छ। यो एउटा विशुद्ध मानवीय भावनाका साथ सुरु भएको हो।

  • नेपालखबर

    कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण

    असार १८ गतेको रातसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा गुटबन्दीको नयाँ समीकरण सुरू भएको छ।