सभापति भेलाको ‘ह्याङ’ मेटाउन देउवा सौरहामा


Infocus



शेरबहादुर देउवा
शेरबहादुर देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आरामका लागि सौरहा पुगेका छन्।

 हटौंडामा सम्पन्न कांग्रेसका जिल्ला सभापतिहरुको भेलापछि सभापति देउवा आरामका लागि शुक्रबार पर्यटकीय नगरी सौरहा पुगेका हुन्। 

होटल सेभेनस्टारमा बसिरहेका सभापति देउवा अहिले त्यहाँ कार्यकर्तालाई समेत भेट दिएका छैनन्। ‘उहाँ अहिले पूर्ण रुपमा आराम गर्दै हुनुन्छ, कसैसँग भेटघाट गर्ने कार्यक्रम छैन’, देउवाका निजी सचिव भानु देउवाले भने।

शनिबार काठमाडौँ फकर्ने कार्यक्रमलाई स्थगित गर्दै उनी आरमकै लागि सौरहामा रहेको प्रदेश सांसद मिलनबाबु श्रेष्ठले बताए। उनले भने, ‘उहाँ आरामकै लागि सौरहा आउनु भएको हो, यहाँ अन्य कुनै कार्यक्रम छैन।’

जिल्ला सभापतिहरुको भेलामा सभापति देउवाको चर्को आलोचना भएपछि उनी तानबमा रहेको बताइएको छ।

महामन्त्री शशांक कोइराला समूह समेत देउावको विरोधमा उत्रिएपछि उनी थप तनावमा रहेको कांग्रेसका एक नेताले बताए।

पौडेल समूह, कोइराला समूह र युवा नेता पक्षघधरहरुले भेलामा नेतृत्वका कारण नै कांग्रेस आजको अवस्थामा पुगेको भन्दै सभापति देउवाको चर्को आलोचना गरेका थिए।

भेलामा तत्काल महाधिवेशस बोलाउने, नेतृत्व परिवर्तन गर्नुपर्ने लगायतका विषयमा कुरा उठेपछि सभापति देउवा थप तनावमा परेका हुन्।

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 14:03:04
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • यसरी हुँदैछ धरहरा पुनर्निर्माण (फोटो/भिडियो)

    भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको काम सुरु भएको छ। भूकम्प गएको सांढे तीन वर्षपछि धरहराको पुनर्निर्माण थालिएको हो।

  • अब म धेरै बाँच्दिनँ होला: राजेन्द्र खड्गी

    लामो समय नेपाली सिने जगतमा द्वन्द्व निर्देशनमा एकछत्र राज गरेका राजेन्द्र खड्गी अहिले पनि यही क्षेत्रमा क्रियाशील छन्।

  • बाबु लक्ष्मीप्रसाद देवकोटाको तस्बिरसँग छोरी अम्बिकादेवी रिमाल

    लक्ष्मीप्रसाद देवकोटासँग छोरी अम्बिकाका ती दिन

    अम्बिकादेवी भन्छिन्, ‘गोष्ठीमा कविता सुनाउने कार्यक्रम रहेछ। तर बुबाले आफ्नो कविता नै लान बिर्सनुभएछ। त्यसपछि त्यहीँ दाल, भात, डुकू शीर्षकमा कविता...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    घुसखाेर कर्मचारीको नयाँ शैलीः जाेगिने विधि सिक्न अख्तियार ‘पोष्टिङ’

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीनवर्ष बस्दा उपसचिव (जिल्ला न्यायाधीवक्ता) कोषहरि निरौलाले अनुसन्धान अधिकृत बनेर दर्जनौ मुद्दाको अनुसन्धान गरे।