Exclusive

पोखरा पुगेर पूर्व युवराज पारशले भने: अब त हामीपनि जनता



पारश शाह गोरखामा
पारश शाह गोरखामा

गोरखनाथको दर्शन गरेलगत्तै पोखरा आएका पूर्व युवराज पारस यतिबेला आफ्ना शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाटमा व्यस्त रहेका छन्। उनी ६ असारमा गोरखनाथको दर्शनका लागि गोरखा पुगेका थिए।

पोखरामा उनको भेटघाटको व्यवस्थापन रेशम गुरुङले गर्दै आएका छन् । पोखराको लेकसाइडमा रेण्टुरेण्ट व्यवसाय गर्दै आएका रेशमका अनुसार पूर्व युवराज पारसले आइतबार बिहान पोखरा रंगशालमा पुगी खेलाडीहरुसँग भेटघाट गरेका छन् ।

बिहान सात बजेतिर रंगशाला पुगेका पूर्व युवराज पारससँग खेलाडीहरुले खेलकुदमा लागेर नाम मात्र भएको तर भविष्य सुनिश्चित नभएको धारणा राखेका थिए। बिहानको भेटघाटमा करिब ४० जनाजति सबै विधाका खेलाडीहरु सहभागी भएको भेलामा सहभागी शमशेर गुरुङले जानकारी दिए।

सो अवसरमा खेलाडीहरुले खेलकुदमा लागेर सम्मान पाएपनि त्यो सम्मान सम्मानमै सीमित रहेको, खेलकुदमा लाग्नेहरुलाई कसैले चासो नराखेको तथा खेलकुदमा पनि राजनीति हावी भएको गुनासो गरेका थिए। पोखरा रंगशालामा पानीको अभाव भएको गुनासो समेत उनीहरुले पूर्व युवराज पारसलाई सुनाएका थिए।

खेलाडीहरुको कुरा सुनेपछि पूर्व युवराज पारसले आफू पहिलो पटक खेलाडीहरुको कुरा सुन्न आएको र तपाईं हामी मिलेर अगाडि बढ्नु पर्छ भनेका थिए ।

‘हामी पनि जनता नै हो, खेलकुदलाई के सपोर्ट गर्न सकिन्छ हामी विचार गर्छौं’ पूर्व युवराज पारसको भनाई उधृत गर्दै रेशमले भने, ‘हामी यतिबेला राजसंस्था चाहिन्छ भन्नेमा हैन कि नेपाल कसरी जोगाउन सकिन्छ भन्नेमा छौँ।’

खेलाडीसँगको भेटघाटमा बिलासी जीवन चटक्कै छाडेर स्वामी बनेका पूर्व प्रहरी महानिरीक्षकका छोरा प्रभञ्जनबहादुर सिँह र अनिल बस्नेत पनि सहभागी थिए। प्रभञ्जनले आफू पहिले कराँतेको खेलाडी रहेको बताउँदै खेलकुदबारे जिज्ञासा राखेका थिए।

पूर्व युवराज पारसले यस पटक पोखरा बस्दा सामान्य नागरिकहरुसँगको भेटघाट बाक्लो मात्र बनाएका छैनन्, शुभेच्छुकको आग्रहमा उनीहरुसँगै खाना खाने र शुभेच्छुकहरुको आग्रहमा उनीहरुले भनेको ठाउँमा रात समेत बिताएका छन्।

यसअघि उनी यहाँको फिस्टेल लजमा बस्ने गर्थे।

गए राति पूर्व युवराज पारसले पोखरामा रहेको प्याराडिसो रेष्टुरेण्टमा शुभेच्छुकहरुसँग बसेर मेक्सिको र कोरियाबीचको फुटबल खेल हेरे भने लेकसाइडकै आल्मोण्ड क्याफेमा दिउसोको खाना खाए। आइतबार बिहानको शुभेच्छुक रेशमकै रेष्टुरेण्टमा ब्रेकफास्ट खाए।

रेशमको रेष्टुरेन्टमा पारश शाह

रेशमको रेष्टुरेन्टमा पारश शाह

‘जनताको कुरा सुन्न जनतासँगै बस्नुपर्छ भन्ने बुझेर सरकार अहिले साथीहरुकहाँ बस्नु भएको हो’, रेशमले भने ‘ उहाँसँग भेट्न चाहनेहरु असाध्यै धेरै छन् , समय मिलाउन गाह्रो भएको छ।’

रेशमका अनुसार पारससँग ठकुरी समाजका पदाधिकारी, नेपाली कांग्रेसका नेतादेखि सर्वसाधारण र युवाहरुले आ–आफ्नो गुनासो सुनाएका छन्। उनीहरुको कुरा सुनेपछि पूर्व युवराज पारसले ‘हिन्दु राष्ट्र भएको भए राम्रो हुन्थ्यो, तर अहिले पनि हामी सबै जातजाति र धर्म मान्नेहरु मिलेर नेपाललाई बचाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

पारश शाहसँग रेशम गुरुङ

पारश शाहसँग रेशम गुरुङ

उनलाई भेट्न पुगेका कांग्रेसी नेताले परिचय गोप्य राख्न आग्रह गर्दै हिन्दु राज्य र संवैधानिक राजतन्त्रले मात्र देशको भलो गर्ने आफ्नो धारणा रहेको सुनाएका थिए। पूर्व युवराज पारस अझ एक दुई दिन पोखरामै बस्ने कार्यक्रम रहेको छ।

प्रकाशित १० असार २०७५, आइतबार | 2018-06-24 14:54:59
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

वाशुदेव मिश्रबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।