ओलीको भ्रमणअघि चीनको अन्तर्राष्ट्रिय सहयोग नियोगसँग महत्वपूर्ण समझदारी गर्ने निर्णय


Infocus


प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण अघि सरकारले चिनियाँ कम्पनीसँग कतिपय महत्वपूर्ण समझदारी गर्ने निर्णय गरेको छ।

NIC ASIA

बिहिबार सँझ बसेको मन्त्रीपरिषद बैठकले नेपाल सरकार र चीनको चीन अन्तर्राष्ट्रिय विकास सहायता नियोगबीच मानव विकास सहायता सम्बन्धि समझदारी गर्ने निर्णय गरेको छ।

यसैगरी नेपाल सरकार र चीनको द नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिशनबीच उत्पादन क्षमता विकासका लागि लगानी र सहयोग सम्बन्धि समझदारी गर्ने निर्णय गरेको छ।

यस्तै, बैठकले नेपाल सरकार उर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालय र चाइना कम्युनिकेशन कन्सट्रक्सन कम्पनीबीच सम्पन्न हुने मेमोरेन्डम फर को–अपरेशन लाई स्विकृती प्रदान गर्नुका साथै समझदारीमा हस्ताक्षर गर्न मातहतको सम्बन्धित अधिकारीलाई निर्देशन गर्ने निर्णय गरेको छ।

मन्त्रीपरिषद बैठकले जापान सरकारबाट प्रोजेक्ट फर ह्युमन रिसोर्सेज डेभलपमेन्ट स्कलरशीप अन्तर्गत जापानले प्रदान गरेको करिब २८ करोड ३० लाख रुपैया स्विकृत गर्ने निर्णय समेत गरेको छ।

मन्त्रीपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले संसदको दुबै सदनका संयुक्त बैठक असार ३० गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए। बैठकमा संसद नियमावली प्रस्तुत गरिनेछ।

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 21:59:15
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

    जम्मु-कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा

    भारतको आर्थिक लागतमा निर्माण हुने यो रेलमार्गको निर्माण चाहिँ भारतीय रेल मन्त्रालय अन्तर्गतको ‘इष्ट सेन्ट्रल रेलवे’ ले गर्नेछ। कोंकणलाई पूर्व...

  • जयपुरी (बायाँ) र ओनसरी २०७४ को निर्वाचनमा बामगठबन्धनको विजयपछि

    रोल्पाका दुई नेतृलाई फापेको एमाले-माओवादी एकता

    पहिलो संविधान सभा कालमा दुबै जना छोटो समयका लागि मन्त्री बने। ओनसरी युवा तथा खेलकुद मन्त्री बनिन् भने जयपुरी महिला बालबालिका तथा समाज कल्याणमन्त्री।

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...