नेकपा दर्ता बदरको माग गर्दै सर्वोच्चमा रिट दायर


Infocus



सर्वोच्च अदालत
सर्वोच्च अदालत

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(ने क पा)को दर्ता खारेजीको माग सहित सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता इन्दु तुलाधरले बिहिबार संविधान र कानुन विपरित रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।

‘दल दर्ताका लागि सो पार्टीको केन्द्रिय समितिमा एक तिहाई महिला सदस्य अनिवार्य हुनुपर्ने संविधान र दल दर्ता ऐनको किटानी व्यवस्था’ विपरित सो पार्टीलाई दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वाेच्चमा रिट दायर गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले बताए ।

रिटमा संविधान र दल दर्ता ऐन बमोजिम सो दल र अन्य दलहरुलाई पनि दल दर्ता गर्न÷गराउन तत्काल परमादेश जारी गर्न पनि माग गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

निर्वाचन आयोगले गत जेठ २३ गते केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णय संविधान र दल दर्ता ऐन विपरित भएकाले खारेज गर्नुपर्ने रिट निवेदकद्धय वरिष्ठ अभिवक्ता भण्डारी र अभिवक्ता तुलाधरको दावी छ ।

निर्वाचन आयोगले जेठ २३ मा ३३ प्रतिशत महिला प्रतिनिधि बिना दर्ता गरेको नेकपाको परमादेशले दर्ता बदरको माग गर्दै रिट निवेदन दिईएको हो।

निवेदनमा ३३ प्रतिशत महिला र समावेशी प्रतिनिधीत्व सुनिश्चित गरि निर्वाचन आयोगमा दर्ताका लागि उत्प्रेषणको आदेश माग गरिएको छ।

वरिष्ठ अधिवक्ता  भण्डारी र अधिवक्ता तुलाधर सहित १३ जनाले निवेदन दर्ता गराएका हुन।

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 18:37:41
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

    पानीपुरीको आप्रवासन सम्बन्ध

    नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

  • रनरिद्द र हुन सेन

    ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा

    प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

  • मनीषा काेइराला

    विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्

    क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

  • काठमाडौंमा छङ् ख सिन्

    चिनियाँ पर्यटकको अनुभवः मायालु नेपाली, काठमाडौंमै डरलाग्दा खाल्डा

    ‘नेपालको सबैभन्दा कहालीलाग्दो त यातायात रहेछ। सुन्दर दृश्यावली भएका गन्तव्य धेरै छन्, तर बाटो साँच्चिकै भएन के। यताउता जान खोज्यो, बाटोकै तनाव।’