ट्रम्प र किमको मिलनलाई नेकपाद्वारा स्वागत


Infocus


ट्रम्प र किम
ट्रम्प र किम

अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका स्टेट अफेयर्स कमिसनका अध्यक्ष किम जोङ उन बीच भएको भेटवार्तालाई नेकपाले स्वागत गरेको छ।

NIC ASIA


नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विज्ञप्ति निकालेर यही जुन १२, २०१८ मा सिंगापुरमा भएको प्रथम र ऐतिहासिक शिखर वार्ताको हार्दिक गरेका हुन्। 

अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका बीचमा शान्ति, समृद्धि र निशस्त्रीकरणका लागि भएको चारबुँदे सम्झौताले कोरियाली प्रायद्वीपका साथै विश्वमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेकपको अपेक्षा रहेको विज्ञप्तिमा उल्लेख छ। हालैका दिनमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि भएका प्रयासहरुमा यस शिखर वार्ताले भविष्यका लागि समेत मार्गदर्शन गर्ने नेकपाले विश्वास लिएको छ ।

मुलुकहरुका बीचमा देखा पर्ने कुनै पनि समस्याको समाधान आपसी सम्वादका माध्यमबाट शान्तिपूर्ण ढंगले खोज्न यस शिखर वार्ताले समस्त विश्वलाई अभिप्रेरित गरेको पनि विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित ३१ जेठ २०७५, बिहिबार | 2018-06-14 17:42:08
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

    जम्मु-कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा

    भारतको आर्थिक लागतमा निर्माण हुने यो रेलमार्गको निर्माण चाहिँ भारतीय रेल मन्त्रालय अन्तर्गतको ‘इष्ट सेन्ट्रल रेलवे’ ले गर्नेछ। कोंकणलाई पूर्व...

  • जयपुरी (बायाँ) र ओनसरी २०७४ को निर्वाचनमा बामगठबन्धनको विजयपछि

    रोल्पाका दुई नेतृलाई फापेको एमाले-माओवादी एकता

    पहिलो संविधान सभा कालमा दुबै जना छोटो समयका लागि मन्त्री बने। ओनसरी युवा तथा खेलकुद मन्त्री बनिन् भने जयपुरी महिला बालबालिका तथा समाज कल्याणमन्त्री।

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...