संयुक्त ‘अभ्यास सूर्यकिरण-१३’ समापन


Infocus



प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरि मित्रराष्ट्र भारतको पिथौरागढमा यही जेष्ठ १६ गतेदेखि सञ्चालन भएको नेपाली सेना र भारतीय सेना बीचको संयुक्त ‘अभ्यास सूर्यकिरण-१३’ समापन भएको छ।



नेपाली सेनाको तर्फबाट संयुक्त अभ्यासको पर्यवेक्षकको रुपमा गएका मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्की र भारतीय सेनाको तर्फबाट उत्तर भारत एरिया हेर्डक्वाटर्सका चिफ अफ स्टाफ उपरथी नीरज वर्माले ‘अभ्यास सूर्यकिरण-१३’ को मंगलबार संयुक्त रुपमा समापन गरे।

भारतको मिजरममा वि.स.२०६७ सालबाट पहिलो पटक सुरु भएको यो संयुक्त अभ्यास हाल एक/एक वर्षको अन्तरालमा नेपाल र भारतमा सञ्चालन हुने गर्दछ।

अभ्यासमा नेपाली सेनाकोतर्फबाट ‘गोरख बक्स गण’का प्रमुख सेनानी तिलक बहादुर थापा क्षेत्रीको कमाण्डमा ३०० फौज (१ सेक्सन महिलासहित) र भारतीय सेनाकोतर्फबाट ‘१३ जम्मुकस्मिर राइफल्स’का महा सेनानी निपुन कृष्णनको कमाण्डमा ३०० फौज सहभागी भएका थिए ।

संयुक्त अभ्यासमा नेपाली सेना र भारतीय सेना बीच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो नेपाली सेनाले जनाएको छ।

दुई देशका सेना बीच सम्पन्न सैनिक अभ्यासले सदियौंदेखि कायम रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै द्विपक्षीय सकलदर्जाहरु बीचको समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 20:22:46
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

  • संसदीय समितिमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    निर्मला बलात्कार र हत्या: कुखुरा चाेरप्रति आइजिपीका चारथरि अभिव्यक्ति (भिडियाे)

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले गलत ब्यक्तिलाई फँसाउन खोजेको आरोप लागिरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय...

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...