ओली सरकार अर्थात् दाह्री काट्ने बाँदरः डा. भट्टराई

नेकपाका धेरै नेता नयाँ शक्तिमा आउने दाबी




Ratna Shrestha

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र धेरै नेताहरु गुम्सिएको बताएका छन्।

NIC ASIA

नयाँ शक्तिको स्थापना दिवसमा बुधबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै भट्टराईले नवगठित नेकपामा नेताहरु गुम्सिएको र उनीहरु नयाँ शक्तिमा आउन पहल गरिरहेको दाबी गरेका हुन्। ‘पिके र केपीले अहिले जुन ब्राकेट कम्युनिष्ट पार्टी बनएका छन्, त्यहाँ धेरै साथीहरु गुम्सिनु भएको छ’ संयोजक भट्टराईले भने, ‘उहाँहरु बिस्तारै नयाँ शक्तिमा आउने सोच बनाउँदै हुनुहुन्छ।’

नयाँ शक्तिमा नेताहरु नटिक्नुको कारणमा भट्टराईले वार्षिक उत्सव समारोहमा बीउ र बिरुवाको उदारण प्रस्तुत गरे। डा.भट्टराईले नयाँ रुपमा आफुहरुले विचारको बीउ मात्र रोपेको र उक्त बीउमा केही भुसहरु पनि मिसिएको बताए। ‘धेरै मन्छेले भन्छन् नयाँ शक्तिलाई धेरै नेताले छोडेर हिंडे मलाई त्यस्तो लाग्दैन’ उनले भने, ‘हामीले बीउ रोप्दाखेरी सकेसम्म त्यसलाई निफनेर रोप्ने गर्छौं तर, त्यो बीउमा कहिलेकाँही बीउ मरेका भुसहरु पनि आउछन् त्यसैले त्यो भुस नयाँ शक्तिमा उम्रिएनन्।।’

उनले नयाँ शक्तिमा अहिले नेतृत्व गरिरहेका नेताहरुलाई फल लाग्ने बिरुवाको संज्ञा समेत दिए। भट्टराईले नयाँ शक्तिबाट छोडेर गएका नेताहरुप्रति कुनै टिप्पणी गर्न आवश्यक नभएको धारणा व्यक्त गर्दै सत्ता स्वार्थको लागि उनीहरु नयाँ शक्तिबाट अलग्गिएको आरोप समेत लगाए।

सरकार अर्थात दाह्री काट्ने बाँदर
संयोजक भट्टराईले सरकारलाई मान्छेको देखासिकी गर्दै दाह्री काट्ने बादरको संज्ञा दिएका छन्। दाह्री काटिरहेको मान्छेलाई देखेर बाँदरले पनि दाह्री काट्न खोज्दा उसको नाक काटिदिएको कथा सुनाउँदै उनले सरकार पनि देखासिकी गरिरहेको र उसको पनि नाक काटिने दाबी गरे।

‘मान्छेले दाह्री काटेको देखेर बाँदरले छुरा चलाउँदा उसको नाक काटिएको थियो’ भट्टराईले भने,‘अरुको देखासिकी गरेर अहिलेको सरकारले सम्वृद्धि ल्याउन सक्दैन।’

वैकल्पिक पार्टीहरुसँग एकता
अब नयाँ शक्ति अन्य वैकल्पिक पार्टीहरुसँग एकता गर्दै अगाडि बढ्ने संयोजक भट्टराईले बताए।

कम्युनिष्ट र कांग्रेसका दुई धु्रव पुराना भएको र प्रतिगामी सोच लिएर अगाडि बढिरहेको भन्दै उनले अब वैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टीलाई अघि बढाउने दाबी समेत गरे। आधुनिक युग सुहाउँदो विचार आफ्नो पार्टीले लिएको, अरु सबै पार्टी यथास्थितिवादी भएको बताउँदै भट्टराईले तेस्रो धुब्र स्थापना गरेर आफुहरु अगाडि बढ्ने बताए।

‘नेपालका कांग्रेस र कम्युनिष्ट धार गरेका दुईवटा ध्रुव थिए ती अब पुराना भए’ उनले भने, त्यसको विकल्पमा त्यो भन्दा अगाडि बढेको सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवादको एउटा नयाँ विचारको तेस्रो धुब्र हामीले निर्माण गर्नेछौं।’

प्रचण्डले सबैलार्इ डुबाए

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी नेता तथा कार्यकर्तालार्इ डुबाएको आरोप डा.भट्टरार्इले लगाएका छन्। उनले प्रचण्ड पुरानो कविता पाइड पाइपर अफ ह्यामिलिनुका पात्र पाइड पाइपरजस्तै भएको आरोप लगाएका हुन्।

कवितामा मुसाको आतंक अन्य गर्न राजाले पाइड पाइपर नाम गरेका मुरलीबाधक खोजेर ल्याउँले र मुरली बजाउने कलाबाट पाइपरले मुसालाई आफू पछिपछि लैजाने र समुद्रमा डुबाए जस्तै प्रचण्डले पनि सबै नेता कार्यकर्तालार्इ डुबाएको भट्टरार्इले आरोप लगाएका छन्।

'मैले माओवादी पार्टीबाट राजीनामा दिएको भोलिपल्ट प्रचण्डजीलाई माओवादी आन्दोलनलाइ विर्सजन गरेर समाजवादी धारमा जाउँ भनेको थिएँ' भट्टराईले भने, 'उहाँले मान्नुभएन, प्रचण्डजीले माओवादी आन्दोलनलाई एमालेको पाउमा लगेर बिर्सजन गरिदिनुभयो। फोहोरमा मिसाइदिनुभयो । उहाँले सुरिलो बाँसुरी बजाएर नेता कार्यकर्तालाई ढाँट्नुभयो र आफैसँग सबैलार्इ डुबाउनु भयो।'

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 17:57:03
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।