ट्रम्प र किम शिखरवार्ताः कसको हात माथि?




किम र ट्रम्प
किम र ट्रम्प

उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखरवार्तापछि भएको एक घण्टाभन्दा लामो पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आत्मविश्वासपूर्ण रुपमा प्रस्तुत भए। उनले किमलाई ‘प्रतिभावान’ नेताको संज्ञा दिँदै आफूले शिखरवार्तामा केही नगुमाएको दाबी गरे। तर यो शिखरवार्तामा कसको हात चाहिँ माथिबाट पर्‍यो त?

केही महिनाअघिसम्म असम्भवजस्तो लाग्ने यो वार्ता सिंगापुरमा भइरहँदा बाँकी विश्वको ध्यान त्यहीँ केन्द्रित थियो। सबैलाई चासो थियो, करिब सात दशक जहाँको त्यहीँ अड्किएको कोरियाली शान्तिप्रक्रिया अब अघि बढ्ला? तेस्रो विश्वको खतरा निम्त्याउने सम्भावना रहेको कोरियाली प्रायद्वीपको तनाव अब सदाका लागि मत्थर होला? के कोरियाली प्रायद्वीपलाई लिएर चलिरहेको अन्तर्राष्ट्रिय शत्रुता अन्त्य भएर मित्रताको चरण सुरु होला?

यी त्यस्ता प्रश्न हुन्, जसको उत्तर किम र ट्रम्पबीचको एक दिने शिखरवार्ताले मात्र दिनसक्दैन।

तर शिखरवार्तामा ट्रम्प र किमबीच कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा आणविक निशस्त्रीकरण गर्ने समझदारी भएको छ। ट्रम्पले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी गर्दै दक्षिण कोरियासँगको संयुक्त युद्धअभ्यास रोक्ने घोषणा पनि गरे।

पत्रकार सम्मेलनमा आशावादी देखिएका ट्रम्पले विगतले भविष्यलाई परिभाषित नगर्ने बताए। ‘हिजोको द्वन्द्व भोलिको युद्ध बन्नुपर्छ भन्ने छैन। र इतिहासले पनि पटकपटक पुष्टि गरेको छ, शत्रुहरु वास्तवमै मित्र बन्न सक्छन्,’ ट्रम्पले भने।

उनले एक टेलिभिजनसँग अन्तर्वार्ता दिँदै किमले आफूलाई र आफूले किमलाई विश्वास गर्ने पनि बताए। यद्यपि उनले अझै पनि थुप्रै कुरा परिवर्तन हुनसक्ने सम्भावना रहेको बताए।

शिखरवार्तामा भएको सम्झौतामा दुवै पक्षले कुनै ठूलो कुरा गुमाएका छैनन्। त्यसैले शिखरवार्ताको फाइदा कसलाई बढी भयो, सोझै भन्न गाह्रो छ।

यद्यपि यसमा किम जोङ उनको हात माथिबाट परेको विश्लेषकहरुले बताएका छन्।

एक त उनले आफूलाई ट्रम्पसँग बराबरी हैसियतमा उभ्याउने यो सुनौलो मौका प्राप्त गरे। दोस्रो, उनको आणविक निशस्त्रीकरणको प्रतिबद्धता पनि कुनै नौलो कुरा होइन। उनले अप्रिल २७ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँगको शिखरवार्तामा पनि यही प्रतिबद्धता गरेका थिए। र यो कुरा पछिल्लो समय नाकाबन्दीबाट पीडित बनेको समयमा उनले साेचविचार गरेर चालेको कदम थियो। 

केही विश्लेषकले आणविक हतियारको विषयमा यो सम्झौता ‘कमजोर’ भएको टिप्पणी गरेका छन्। केहीले ट्रम्प बढी लचक देखिएको आरोप लगाएका छन्।

जि ७ राष्ट्रका नेताहरुसँग सामाजिक सञ्जालमै भनाभनमा उत्रिएपछि किमसँग ‘सफल’ वार्ता गरेकोमा ट्रम्पमाथि व्यंग्य पनि गरिएको छ।

तर दक्षिण कोरिया, चीनलगायतका देशले शिखरवार्ताको नतिजाको खुलेर स्वागत गरेका छन्।

चीनले उत्तर कोरियामाथिको विद्यमान नाकाबन्दी घटाउन सकिने समेत बताएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो देशले यसमा रचनात्मक भूमिका निर्वाह गर्ने बताए।

दक्षिण कोरियाले शिखरवार्ताका लागि ‘हार्दिक बधाइ’ दिएका छन्। राष्ट्रपति मुनले दुवै नेताको ‘साहस र दृढताको’ उच्च सराहना गर्दै यो शिखरवार्तालाई शीतयुद्धको विरासत अन्त्य गर्ने ऐतिहासिक घटना भएको बताएका छन्।

स्वभाविक रुपमा राष्ट्रपति मुन यो शिखरवार्ताबाट अत्यन्त आनन्दित छन्। किनभने यसलाई सफल बनाउन उनले नै सबैभन्दा बढी भूमिका खेलेका छन्। तनाव बढेमा त्यसको सबैभन्दा ठूलो मार पनि दक्षिण कोरियालाई नै पर्नेछ।

जापानी प्रधानमन्त्री सिञ्जो आबेले पनि सम्झौताको स्वागत गर्दै शीतयुद्धका क्रममा उत्तर कोरियाद्वारा अपहरित आफ्ना नागरिक मुक्त गर्न आफू वार्ताका लागि तयार रहेको बताएका छन्।

ट्रम्पले शिखरवार्तामा यसबारे किमसँग कुरा राखेको बताएका थिए।

त्यसबेला १७ जापानी नागरिक उत्तर कोरियाको कब्जामा पुगेको बताइएको थियो, जसमध्ये ५ लाई सन् २००२ मा फिर्ता गरिएको थियो। उत्तर कोरियाले बाँकी रहेका ८ को मृत्यु भइसकेको र बाँकी चार आफ्नो भूमिमा कहिल्यै प्रवेश नगरेको बताउँदै आएको छ।

रुस र युरोपेली युनियनले पनि शिखरवार्तालाई सकारात्मक कदम भनेका छन्।

कोरियाली प्रायद्वीपमा तनाव र द्वन्द्व ट्रम्प वा किमको कार्यकालमा सुरु भएको होइन। बहुसंख्यकले यी नेताले यो द्वन्द्व अन्त्य गर्ने अपेक्षा पनि गरेका थिएनन्। तर अभूतपूर्व शिखर सम्मेलनमार्फत् द्वन्द्व समाधानको मार्गमा अघि बढ्ने मौका किम र ट्रम्पलाई प्राप्त भएको छ।

समग्रमा शिखरवार्ताप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया सकारात्मक रहेको छ। यद्यपि यो शिखरवार्ताको सफलताको सही मूल्यांकन भने कोरियाको शान्तिप्रक्रियाले प्राप्त गर्ने सफलताले मात्रै निर्धारण गर्न सक्नेछ। एजेन्सी

 

प्रकाशित २९ जेठ २०७५, मंगलबार | 2018-06-12 17:24:44
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...