नेकपाका केन्द्रीय सदस्यहरुलाई भोली ओली–दाहालले निर्देशन दिने



प्रचण्ड र ओली
प्रचण्ड र ओली

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिकोअनौपचारिक बैठक बिहीबार काठमाडौंमा बस्ने भएको छ । पार्टी एकीकरण भएपछि बस्न लागेको यो पहिलो बैठक हो।

बैठकलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त सम्बोधन गर्नेछन्।

पार्टी बिधान र नियमावली तयार नभइसकेको अवस्थामा केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक बोलाइएको हो। बिधान र नियमावली प्रकाशन भएपछि एजेण्डासहित बैठक बोलाइने नेकपाले जनाएको छ।

पूर्व घटकका विधान तथा नियमावली समायोजन गर्न नेता भिम रावलको संयोजकत्वमा यसअघि एक समिति निर्माण गरिएको थियो। समितिलाई १५ दिनभित्र विधान समायोजन प्रतिवेदन दिन भनिएको छ।

अपरान्ह ४ बजे बालुवाटारमा नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई सूचित गरिएको छ । निर्वाचन आयोगमा नागरिकताको सक्कल प्रति पेश गर्नु पर्ने भएकाले नागरिकता मागिएको हो । 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धयले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । नेकपाका केन्द्रीय कमिटीका ४४१ सदस्यको नाम मंगलबार सार्वजनिक गरिएको थियो ।

प्रकाशित ९ जेठ २०७५, बुधबार | 2018-05-23 17:47:35
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...