विराटनगरको क्याम्प अफिस हटाउने भारतको निर्णय




भारतीय दूतावासकाे विराटनगर फिल्ड अफिस
भारतीय दूतावासकाे विराटनगर फिल्ड अफिस

भारतले विराटनगरस्थित राजदूतावासको क्याम्प अफिस हटाउने निर्णय गरेको छ। २०६५ सालमा आएको कोशी बाढीपछि सो क्याम्प अफिस स्थापना गरिएको थियो।

NIC ASIA

स्थापनायता विराटनगरमा सो अफिसले बढाएको सक्रियताको विषयलाई लिएर सो अफिस विवादित हुँदै आएको थियो। नेपालमा त्यसको विरोध हुँदै आएको थियो।

भारतीय विदेश मन्त्तालयका प्रवक्ताले सो अफिस खोल्नुको उद्देश्य पूरा भइसकेकोले बन्द गर्ने निर्णय गरिएको बताएका छन्। गतसाता नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई सो निर्णयबारे जानकारी दिएको पनि भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन्।

केही दिनअघि प्रधानमन्त्री ओलीले विराटनगरको सो क्याम्प हट्ने बताएका थिए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सो अफिस हटाउने निर्णय भारत सरकारले गरेको जनाएका छन्।

६ वर्षअघि नै नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा सो अफिस हटाउन उनले भारतीय दूतावासलाई पत्र लेखेका थिए। तर भारतीय दूतावासले अटेरी गर्दै अफिस सञ्चालनमा राखेको थियो।

भारतको यो अटेरीलाई हस्तक्षेपको उदाहरणको रुपमा चित्रित गरिँदै आएको छ।

२०६५ भदौमा कोशीको बाढीले गर्दा नेपाली सवारी साधनले भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था आयो। तिनै सवारीलाई भारतीय भूमिमा गुड्ने अनुमति दिन सो क्याम्प स्थापना गरिएको थियो।

प्रकाशित ८ जेठ २०७५, मंगलबार | 2018-05-22 13:03:26
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।