Exclusive

पार्टी एकता टाइमलाइन: याेगेश भट्टराईकाे ट्विटदेखि बालुवाटारकाे ठट्टासम्म



तत्कालीन नेकपा एमालेका सचिव योगेश भट्टरार्इले असोज १५ गते बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा लेखे-'नेपाली राजनीतिमा ऐतिहासिक क्षण र नयाँ तरङ्ग। थोरै प्रतिक्षा...' 

त्याे अभिव्यक्तिलाइ लिएर विभन्न व्यक्तिले फरक फरक अड्लबाजी गरे। अनुमान लगाए। त्याे वाम गठबन्धन निर्माणकाे गर्भ थियाे। त्यसकाे दुर्इदिन पछि असोज १७ गते साँच्चै नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भयो। 

सोही दिनको एक अन्तर्वार्तामा नेता भट्टरार्इले भने,'हाम्रो सम्बन्ध जे-जस्तो भए पनि बाटो बन्द भएको थिएन। केही समय ट्राफिक जाम भने थियो। तर, जाम खुल्ने वित्तिकै माओवादी एमालेसँग आयो, एमाले माओवादीसँग गयो। त्यसपछि एकता सम्भव भयो। एकताको आवश्यकता दुवैलार्इ थियो।'

चुनाबी सहकार्यबाट सुरू भएकाे नेकपा एमाले-माअाेवादी केन्द्र एकता शुक्रबार पार्टी एकीकरणमा गएर अन्त्य भएकाे छ। अध्यक्ष केपी शर्मा अाेलीले याे अभियानलाइ यतिमै सीमित नराख्ने उल्लेख गरिसकेका छन्। उनले भनेका छन्, 'राष्ट्र निर्माणकाे याे महान अभियानमा साना कम्युनिस्ट पार्टीहरूलाइ पनि एकीकरण हुन अाह्वान गर्दछु।'

पार्टी एकीकरणकाे त्याे प्रस्थान विन्दू

असोज १७ गते एमाले र माओवादीले संयुक्त पत्रकार सम्मेलन गरी चुनावी गठबन्धन र पार्टी एकतासम्मकाे यात्राकाे घाेषणा गरेका थिए। त्यसका लागि स्थाल तोकिएको थियो- कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हल। तर, पत्रकार सम्मेलनको एकघण्टा पछि उक्त पत्रकार सम्मेलन भृकुटीमण्डपस्थित सभागृहमा सारियो।

त्यही बेला बाम गठन्धनमा नयाँ शक्ति पार्टी पनि बाम गठबन्धन समाले हुने कुरा सार्वजनिक भएकाे थियाे। तर, सोही कुराको सहमतिका लागि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोगक डा.बाबुराम भट्टरार्इ सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यायल छलफल गरिरहँदा सभागृहमा नेता, कार्यकर्ता र पत्रकार लगाएतको भिड लागिसकेको थियो।    

उक्त पत्रकार सम्मेलनमा तीन दल एउटै चिन्हमा चुनाव लड्ने प्रयास सफल नभएपनि चुनावमा एउटै घोषणापत्र बनाएर अगाडि बढ्न सहमत भए। ६ बुँदे सहमति पत्रमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका र नयाँ शक्तिका संयोजक भट्टराईले हस्ताक्षर गरे।

सहमति पत्रमा चुनावमा तालमेल गर्ने र चुनावपछि पार्टी एकीकरण गरी एउटै वामपन्थी दल बनाउने उल्लेख थियो। दलका नेताहरुले कार्यकर्तालाई बिचलित नहुन समेत नेताहरुले आग्रह गरे।

हेर्नुस्, ६ बुँदे सहमति पत्र:    

                           

नयाँ शक्तिसँग बिछोड

असोज २७ गते  शुक्रबार बसेको नयाँ शक्ति संघीय सचिवालयको विस्तारित बैठकले बाम गठबन्धनबाट बाहिरिँदै आफ्नै चुनाव चिन्हमा चुनाव लड्ने निर्णय गरेको गर्‍यो। नयाँ शक्तिले एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति जनाएको थियो। तर, सिट बाँडफाँटमा सहमति हुन सकेन। गठबन्धनबाट १५ प्रतिशत मागेको नयाँ शक्तिले आफ्ना संयोजक भट्टराईको चुनावी मैदान गोरखा-२ छोड्न पनि तयार भएन।

त्यही बेला गोरखा-२ बाट माओवादी नेता नारायणकाजी श्रेष्ठ चुनाव लड्ने तयारीमा थिए। यससँगै रुष्ट बनेका भट्टराईले आफूविरुद्ध षड्यन्त्र भएको टिप्पणी गर्दै हिँडे। अन्तत: नयाँ शक्तिले बाम गठबन्धन छोड्यो र नेपाली कांग्रेससँग चुनावी तालमेल गर्न पुग्यो।

गठबन्धनको चुनावी रङ्ग

नयाँ शक्तिसँग बिछोड भएपछि एमाले र माओवादीको वाम गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा होमियो। चुनावी भागबण्डा मिलाउन नै वाम गठबन्धनलार्इ सकस पर्‍यो।

अन्तत: उक्त निर्वाचनमा एमालेको ६० र माओवादीको ४० सिटका आधारमा चुनावी भागबण्डा भयो। जहाँ प्रत्यक्षतर्फ एमाले ८० माओवादी ३६ स्थानमा विजयी हुन सफल भयो। त्यसमा समानुपातिकका सिट जोड्दा प्रतिनिधिसभा संसदमा एमालेका १२१ र माओवादी केन्द्रका ५३ सांसद भए।

त्यस्तै माघ ३ गते सिंहदरवारस्थति एमाले संसदीय दलको कार्यालयमा बसेको एमाले–माओवादीको संयुक्त कार्यदलले  राष्ट्रिय सभाका ५६ सदस्यमध्ये ४३ सिटमामात्र उम्मेदवारी दिने निर्णय गर्दै एमाले–माओवादी केन्द्रले पाउने सिटसंख्यासमेत बाँडफाँट गर्‍यो। जसमा एमालेले २९ स्थानका लागि उम्मेदवारी दिने भयो भने माओवादी केन्द्रको भागमा १४ परेको छ।

माघ १४ गते सिंहदरवारस्थति एमाले संसदीय दलको कार्यालयमै बसेको एमाले र माओवादीले पार्टी एकता संयुक्त कार्यदलको बैठकले मुख्यमन्त्रीको भागबण्डा पनि टुंगोमा पुर्‍याए। जहाँ, वामगठबन्धनले जित्नेमध्ये प्रदेश– १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले पाउने भयो भने माओवादी केन्द्रले प्रदेश–६ र ७ को मुख्यमन्त्री पाउने भयो।

त्यस्तै प्रदेश सभाको सभामुखमध्य एमालेको भागमा प्रदेश–१, ३, ६ र ७ एमालेको भागमा पर्‍यो भने माओवादी केन्द्रको भागमा ४ र ५ पर्‍यो। उपसभामुख प्रदेश–१, ३, ४ र ५ माओवादीले पायो भने एमालेले प्रदेश– ६ र ७ पायो। एमाले–माओवादीबीच ७०–३० को अनुपातमा उपरोक्त पदहरु भागबण्डा गरिएको थियो।

सरकार गठन

फागुन ३ गते एमाले र माओवादी संयुक्त गठबन्धनको तर्फबाट एमाले अध्यक्ष केपी शर्मा प्रधानमन्त्री नियुक्त भए।  माओवादीले ३ गते नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझायाे। सोही दिन बेलुकी ४ बजे नवनियुक्त प्रधानमन्त्री ओलीसहित एमालेका २ मन्त्री लालबाबु पण्डित र थममाया थापाले दिउँसो ४ बजे सपथ लिए।

फागुनको दोस्रो हप्तातिर  प्रदेश २ को संघीय समाजवादी फोरम नेतृत्वको मधेस गठबन्धन सरकारलाई वाम गठबन्धनले समर्थनको मत दियो। केन्द्रमा वाम गठबन्धनको सरकारमा मधेसकेन्द्रीत दललाई पनि सामेल गराउन कसरत भइरहेका बेला प्रदेश २ मा एमाले र माओवादीले सरकारका पक्षमा मत दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो।

तर, त्यसपछि पनि मधेशवादी दललार्इ सरकारमा ल्याउने योजना सफल भएन।

चैत २ मा प्रधानमन्त्री ओलीले एमालेबाट ६ र माओवादीबाट ५ जना मन्त्रीसँगै ४ राज्यमन्त्री पनि नियुक्त भएका गरे। यससँगै ओली सरकार २२ सदस्यीय बन्यो। अर्कोतर्फ राष्ट्रपति र उपराष्ट्रपतिमा क्रमश: एमाले-माओवादीका विद्यादेवी भण्डारी र नन्दबहादुर पुन: दाेहाेरिए।

मधेशवादी दलको सहयोगमा राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपति पुन निर्वाचित हुनुका साथै प्रधानमन्त्री ओलीले संसदमा महुमतको समर्थन पाए। यसमा मधेशवादी दलका नेताहरुको तर्क थियो-हामीले ओली सरकारमा विश्वास छ।

एकतामा खटपट

 पछिल्ला दिनमा विभिन्न कारणले गठबन्धनभित्र साना कुरामा पनि खटपट देखिएको थियो। बजेट निर्माणमा माअाेवादीलाइ एमालेले वाइपास गर्नु एवं माेदीकाे नेपाल भ्रमणमा दुइ पक्षीय वार्तामा माअाेवादीका एक जना मात्र मन्त्रीलाइ समावेश गराउँदा माअाेवादी सशंकित बन्न पुग्याे। माअाेवादीले सम्हालेकाे उर्जा मन्त्रीलाइ नबाेलाइ अरूण तेस्राे जलविद्युत आयोजनाको शिलन्यास कार्यक्रम गर्ने कार्यले स्थितिलाइ असहज पारिदियाे। स्थिति कतिसम्म असहज देखियाे भने संसदमा माअाेवादी सांसदले एमाले मन्त्रीकाे विराेध र एमाले सांसदले माअाेवादीले सम्हालेका मन्त्रालयकेा अालाेचना भयाे। याे स्थिति बनेपछि मिडियामा अब एमाले-माअाेवादी पार्टी एकता स्थगित भयाे भन्ने किसिमका समाचार अाउन थले।

तर एमाले अध्यक्ष अाेली पार्टी एकीकरणबारे निकै गम्भीर देखिए। उनले तत्कालै माअाेवादी अध्यक्ष दाहाललाइ बाेलाएर पार्टी एकीकरणकाे मिति तय गरे- मदन-अाश्रित स्मृति दिवस जेठ ३ गते।

एेतिहासिक एकता

शुक्रबार बिहान अाेली-दाहाल दुवै जना बल्खुस्थित एमालेकाे पुरानाे पार्टी कार्यालय पुगे। माअाेवादी नेताहरू पहिलाे पटक मदन-अाश्रित कार्यक्रममा सहभागी हुन बल्खु पुगेका थिए। त्यहाँबाट फर्किएर अाेली बालुवाटारतर्फ लागे। दाहाल पेरिशडाँडातर्फ हानिए। दुवै दलका केन्द्रीय समितिले पार्टी एकताकाे निर्णय अनुमाेदन त्यसपछि माअाेवादी नेताहरू फेरि बालुवाटारमा भेला भए। त्यहाँ अाेलीले दाहाल तर्फ फर्किएर ठट्टा गर्दै भने, 'अब माअाेवादी सकियाे।'

अाेलीकाे ठट्यउली भाषामा बानी परिसकेका दाहालले पनि जवाफ दिए, 'तपाइँकेा एमाले पनि सकियाे।'

अाेलीले साे ठट्युली स्मरण गर्दै राष्ट्रिय सभागृहकाे कार्यक्रममा भने, 'एउटा पार्टीमा अर्काे मिसिएकाे हाेइन। याे घुलन भएकाे हाे। काेशीकाे पानी हिन्दमहासगर पुगेजस्तै।'

हाे ९ महिना लामाे कसरतपछि इतिहासमै सबैभन्दा विशाल नेपाल कम्युनिस्ट पार्टी गठन भएकाे छ।  अध्यक्ष, स्थायी समित र केन्द्रीय सदस्यले प्रधानमन्त्रीकाे सरकारी निवासमै शपथ लिएका छन्। नव गठित पार्टीमा २ अध्यक्षमा अाेली र दाहाल रहनेछन्। ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी समिति र ४४१ सदस्यीय केन्द्रीय समिति गठन भएकाे छ।

प्रकाशित ३ जेठ २०७५, बिहिबार | 2018-05-17 22:20:44
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।