भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने


Infocus



एमालेका अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (फाइल फोटो)
एमालेका अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (फाइल फोटो)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ मा दुई दिने नेपाल भ्रमणका लागि आउने भएका छन्।

NIC ASIA

भारतले सिफारिस गरेको भ्रमण मितिलाई प्रधामन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेपछि मोदीको भ्रमण मिति निश्चित भएको हो।

भारतले आफूअनुकूल भ्रमणको मिति तय गरे पनि प्रधानमन्त्री ओलीले त्यसलाई अनुमोदन गरेका छन्। नेपालले मोदीलाई जेठ ११ मा नेपाल ल्याउने गरी तयारी थाले पनि अन्तिम समयमा आएर भारतले नयाँ मिति प्रस्ताव गरेको र प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकृति प्रदान गरेका हुन।

वैशाखको अन्तिममा प्रधानमन्त्री ओलीले चीनको भ्रमण गर्ने तयारी भए पनि मोदीको भ्रमणका कारण त्यो पर सर्ने निश्चित जस्तै भएको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई पर सार्ने गरी भारतले नयाँ मिति प्रस्ताव गरेपछि प्रधानमन्त्री अफ्ठ्यारोमा परेको प्रधानमन्त्री नकट एक स्रोतले नेपाल खबरलाई बताए। ‘चीन भ्रमणको मिति तय भएको थिएन, त्यही बीचमा नै भारतीय प्रधामनत्री आउने प्रस्ताव आयो’, स्रोतले भन्यो।

भ्रमणको औपचारिक घोषणा हुन बाँकी रहे पनि लगभग वैशाख २८ मै भ्रमण हुने निश्चित प्रयाः छ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर समेत जाने कार्यक्रम रहेको छ।

मोदी प्रधानमन्त्री भएपछि तेस्रो पटक नेपाल आउन लागेका हुन्। 

 

प्रकाशित १० बैशाख २०७५, सोमबार | 2018-04-23 17:44:06
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...