रेल्वे र सुरुङ इन्जिनियरिङमा २८ नेपालीलाई चीनको छात्रवृत्ति




रेल्वे इन्जिनियरिङ
रेल्वे इन्जिनियरिङ

उत्तरी छिमेकी चीनले नेपालमा पठनपाठन नहुने रेल्वे, पुल र सुरुङ इन्जिनियरिङ अध्ययनका लागि २८ विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ।

NIC ASIA

शिक्षा मन्त्रालयमार्फत् यसै वर्ष उपलब्ध हुने सो छात्रवृत्तिमा मधेसी, महिला तथा जनजातिलाई एक–एक सिट आरक्षण गरिएका छन्।

चीनले नेपालमा अध्ययन नहुने रेल्वे इन्जिनियरिङसहितका विषयमा छात्रवृत्ति उपलब्ध गराएको हो। चीन र भारत दुवैतिरबाट नेपालमा रेलमार्ग निर्माणको चर्चा चलिरहेका बेला उत्तरी छिमेकीले सो विषयमा विश्वविद्यालय तहको अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराएकाे हाे।

चीनकाे रेल्वे इन्जिनियरिङ विश्वमै सबैभन्दा नवीन मानिन्छ।

चीनले उपलब्ध गराउने २८ सिट छात्रवृत्तिमध्ये रेल्वे, ब्रिज एन्ड टनेल, हाइड्रो इन्जिनियरिङका लागि ६–६ कोटा रहेका छन्। यी मध्ये तीनवटा क्रमशः महिला, मधेसी र जनजातीले पाउनेछन्। बाँकी तीन खुला प्रतिस्पर्धाबाट छनोट हुने शिक्षा मन्त्रालय, छात्रवृत्ति शाखाले जनाएको छ।
जियोमेटिक्स ४, माइनिङ ३ र इन्डस्ट्रियल इन्जिनियरिङका लागि ३ कोटा उपलब्ध छन्। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार यो छात्रवृत्ति सन् २०१८–१९ को स्नातकोत्तर तहका लागि हो। यी छात्रवृत्ति पाउन योग्य उम्मेदवारले वैशाख १४ गतेभित्र मन्त्रालयको शाखामा आवेदन दिन आह्वान गरिएको छ

प्रकाशित १० बैशाख २०७५, सोमबार | 2018-04-23 15:37:26
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...