नेविसंघको असन्तुष्ट समूहद्वारा महाधिवेशन माग




सभापति देउवा समक्ष ज्ञापनपत्र बुझाउँदै नेविसंघ नेता
सभापति देउवा समक्ष ज्ञापनपत्र बुझाउँदै नेविसंघ नेता

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले सोमबार माउ पार्टी सभापति शेरबहादुर देउवा समक्ष एक ज्ञापनपत्र बुझाउँदै १२ औं महाधिवेशनको माग गरेको छ।

महामन्त्री कुञ्दनराज काफ्ले नेतृत्वको असन्तुष्ट समूहले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सभापति देउवा समक्ष ज्ञापनपत्र बुझाएको हो। नेविसंघको वर्तमान नेतृत्वले संगठनलाई हुकुम प्रमांगीशैलीमा चलाएको भन्दै उनीहरुले तत्काल महाधिवेशन मिति र स्थान तोक्न माग गरेका छन्।

अध्यक्ष नैनसिंह महरले विधानविपरित तोकआदेशका भरमा जिल्ला सभापति नियुक्त गरेको आरोप असन्तुष्ट समूहको छ। त्यस्ता निर्णयहरु बदर हुनुपर्ने उनीहरुले माग गरेका छन्।

करिब १० बजे पार्टी कार्यालय पुगेको विद्यार्थी नेताको समूहले केहीबेर पार्टी कार्यालयमा धर्ना दिएका थिए। नेविसंघ नेताले पार्टी केन्द्रीय कार्यालय घेराउ गरिरहँदा भित्र पार्टीको केन्द्रीय समिति बैठक चलिरहेको थियो।

ज्ञापनपत्र बुझ्दै सभापति देउवाले नेविसंघभित्रको विवादबारे आफू जानकार रहेको विद्यार्थी नेताहरुलाई बताएका छन्।

‘नेविसंघले प्रतिस्पर्धी संगठनहरु अखिल र क्रान्तिकारीसँग जुध्दै अघि बढ्नुपर्ने अवस्था छ। तर जिल्लामा नेविसंघ–नेविसंघबीच नै भिडन्तको खतरा छ’, केन्द्रीय सदस्य सुशील भट्टले सभापतिलाई सुनाएको भनाइ उदृत गर्दै नेपालखबरसँग भने, ‘यो विषय हामीले सभापति समक्ष स्पष्ट रुपमा राख्यौं।’ सभापति देउवाले सबैसँग समन्वय गरेर विवाद मिलाउने आश्वसन दिएकाे उनले जानकारी दिए।

महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा गएको टोलीमा उपाध्यक्षद्वय रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी तथा सहमहामन्त्री परमेश्वर साहसहितका नेविसंघ नेताहरु सहभागी थिए।

प्रकाशित १० बैशाख २०७५, सोमबार | 2018-04-23 15:05:11
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    ‘टुटल’ र ‘पठाओ’ प्रहरी निशानामा, मोटरसाइकलमा भाडाका यात्रु बोक्न रोक

    यातायात व्यवस्था विभागसँग समन्वय बिना नै ट्राफिक प्रहरीले बंगलादेशी कम्पनी ‘पठाओ’ र नेपाली कम्पनी ‘टुटल’ लाई निजी नम्बर प्लेट भएका सवारीसाधनमा...

  • एसएसपी बढुवा प्रतिस्पर्धीमा रहेका चार महिला एसपीहरू

    एसएसपी बढुवाको बाटो खुला, चार महिलासहित ३२ प्रतिस्पर्धामा

    सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेको छ। नियमावली संशोधनसँगै वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि कानुनी बाटो...

  • मञ्जु काँचुली

    जो रानी ऐश्वर्यकी साथी भइन्, गिरिजा–सुशीलको माया पाइन्

    आईएको परीक्षा भर्खरै सकिएको थियो। त्यति नै बेला मञ्जुले गोरखापत्रमा राजा वीरेन्द्रसँग ऐश्वर्याको फोटो देखिन्। जुन फोटो बिहेको शुभकामना तथा...

  • फुल्चोकीको जंगलबाट शनिबार राती उद्धार गरिएका युवा

    फुल्चोकी यात्राः मूलबाटो छाड्यो कि बेपत्ता हुने खतरा बढ्यो

    ‘रात सुरुहुनु अघि नै केही गरिहाल्नु पथ्र्यो, हामी ७ वटा टिम बनाएर फिल्डमा गयौं,’ ललितपुरका एसपी खनालले भने, ‘मेट्रोले टिपाएको नम्बरमा एकपटक धन्न...