एमाले माओवादी कार्यक्रम केहीबेरमै, अहिलेलाई सांस्कृतिक कार्यक्रम




प्रबिन कोइराला

नेकपा स्थापना दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित संयुक्त कार्यक्रम अझै सुरु हुन सकेको छैन। कार्यक्रमका लागि अर्कैखालको बोर्ड निर्माण गर्ने माओवादी केन्द्रको निर्णयका कारण कार्यक्रम सुरु हुन ढिलाई भएको हो।

माओवादी सम्बद्ध योङ कम्युनिष्ट लिग (वाइसीएल) का अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा) का अनुसार यसअघिको बोर्ड यथावत राखेर अर्काे बोर्ड निर्माण सकिएपछि कार्यक्रम सुरु हुनेछ। कार्यक्रमस्थलमा दुबै बोर्ड राखिनेछन्।

नयाँबोर्ड तयार नहुँदासम्मका लागि कार्यक्रमस्थलमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। विवादित बोर्डलाई यथावत राखेर माओवादी केन्द्रको तर्फबाट नयाँबोर्ड तयार गरिएपछि कार्यक्रम सुरु गर्ने निर्णय दुबै पार्टीले गरेका छन्।

लेनिन दिवस तथा पार्टी एकता दिवसको अवसरमा आयोजित कार्यक्रमका लागि निर्माण गरिएको बोर्डको माथिल्लो पंक्तिमा एमालेका दिबंगत अध्यक्ष मनमोहन अधिकारी तथा महासचिव मदन भण्डारीको तस्वीर राखिएपछि माओवादी पक्षले असन्तुष्टि जनाएको थियो।

त्यस सँगसँगै माओवादी पक्षले कार्यक्रमस्थलमा होहल्ला र नारावाजी सुरु गरेका थिए। त्यसपछि कार्यक्रमका लागि बनाइएको बोर्ड निकालिएको थियो। त्यसबाट एमाले पक्ष असन्तुष्ट बनेपछि फेरि राखियो। तर फेरि माओवादीले असन्तुष्टि जनाएपछि निकालिएर राखिएको छ।

प्रकाशित ९ बैशाख २०७५, आइतबार | 2018-04-22 15:30:55
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    ‘टुटल’ र ‘पठाओ’ प्रहरी निशानामा, मोटरसाइकलमा भाडाका यात्रु बोक्न रोक

    यातायात व्यवस्था विभागसँग समन्वय बिना नै ट्राफिक प्रहरीले बंगलादेशी कम्पनी ‘पठाओ’ र नेपाली कम्पनी ‘टुटल’ लाई निजी नम्बर प्लेट भएका सवारीसाधनमा...

  • एसएसपी बढुवा प्रतिस्पर्धीमा रहेका चार महिला एसपीहरू

    एसएसपी बढुवाको बाटो खुला, चार महिलासहित ३२ प्रतिस्पर्धामा

    सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेको छ। नियमावली संशोधनसँगै वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि कानुनी बाटो...

  • मञ्जु काँचुली

    जो रानी ऐश्वर्यकी साथी भइन्, गिरिजा–सुशीलको माया पाइन्

    आईएको परीक्षा भर्खरै सकिएको थियो। त्यति नै बेला मञ्जुले गोरखापत्रमा राजा वीरेन्द्रसँग ऐश्वर्याको फोटो देखिन्। जुन फोटो बिहेको शुभकामना तथा...

  • फुल्चोकीको जंगलबाट शनिबार राती उद्धार गरिएका युवा

    फुल्चोकी यात्राः मूलबाटो छाड्यो कि बेपत्ता हुने खतरा बढ्यो

    ‘रात सुरुहुनु अघि नै केही गरिहाल्नु पथ्र्यो, हामी ७ वटा टिम बनाएर फिल्डमा गयौं,’ ललितपुरका एसपी खनालले भने, ‘मेट्रोले टिपाएको नम्बरमा एकपटक धन्न...