राजपाको एक बर्षे उकाली-ओराली


Infocus



राजपा अध्यक्ष मण्डल
राजपा अध्यक्ष मण्डल
फाइल फोटो

प्रतिनिधि सभाको चौंथो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) आज दोस्रो बर्षमा प्रवेश गरेको छ। ठीक एक बर्षअघि बैशाख ०७४ मा ६ वटा मधेश केन्द्रित दल मिलेर राजपा गठन गरिएको थियो।

महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी अहिलेको राजपाको पूर्वघटक दल हुन्।

६ वटा पार्टी मिलेर बनेकाले एक बर्षको बीचमा यो पार्टीका विभिन्न विवाद सतहमा आएका छन्।

किचलो-१
१८ साउन बिहान ११ बजेका लागि बोलाइएको बैठक झण्डोत्तोलन तथा कार्यालय उद्घाटन कार्यक्रम राखिएको थियो। तर, कार्यक्रममा केही महत्वपूर्ण नेताहरु उपस्थित भएनन्।

राजपा गठनको लामो समयपछि निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्र पाएपछि केन्द्रीय पदाधिकारी बैठकमा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवसहित उपाध्यक्षद्वय हृदयेश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्ल महामन्त्री वृजेशकुमार गुप्ता पनि सहभागी भएनन्।

किचलो-२
राजपामा स्थानीय निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा पनि विवाद भयो। राजेन्द्र महतो र राजकिशोर यादवले निर्वाचनमा जान नहुने राय राखेका थिए भने महेन्द्र राय यादव र शरतसिंह भण्डारीले निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य अनिल झा निर्वाचनमा जाने नजाने विषयमा अलमलमा थिए। महेन्द्र राय यादव र शरतसिंह भण्डारीले निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए।

किचलो-३
प्रधानमन्त्री शेरबहादुर देउवा र तीन ठूला दलको बैठकले संविधान संशोधनको टुंगो लगाउने सहमति राजपा चुनावमा जान तयार भयो। तर, वीरगञ्ज महानगरपालिका लगायतमा उम्मेदवारी विषयमा ठूलो विवाद देखियो। उम्मेदवारी नपाएपछि महामन्त्री बिमल श्रीवास्तवले पार्टी नै परित्याग गरे। अन्य कतिपय जिल्लामा पनि विवाद देखियो।

किचलो-४
राजपाका नेता तथा कार्यकर्ताहरुले केन्द्रीय कार्यालयमै २ पटक तोडफोड गरिसकेका छन्। पुष १४ गते प्रदेशसभाको समानुपातिक सदस्यलाई लिएर केन्द्रीय कार्यालयमा तोडफोड र पार्टीको झण्डा च्यातिएको थियो। नेतृत्वविरुद्ध नारावाजीपनि भयो।

अस्पष्ट नेतृत्व
राजपा गठन गरिँदा ६ सदस्यीय अध्यक्ष मण्डल बनाइयो भने ८ सय १५ सदस्यीय केन्द्रीय समिति। ३ सहअध्यक्ष, ८ वरिष्ठ उपाध्यक्ष, २४ उपाध्यक्ष,३१ महासचिव, ३४ सहसचिव, १२ सचिव, ५ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, ६ प्रबक्ता, १ सहप्रवक्ता १ र १ सय ३४ पदाधिकारी रहने व्यवस्था गरिएको थियो।

सबै नेताको सहमतिमा पद बाँडफाँड भएपनि केही नेताहरुको चित्त बुझेको थिएन। नेतृत्वको व्यवस्थापनप्रति सहअध्यक्ष हृदयश त्रिपाठी असन्तुष्ट रहे। १७ भदौमा त्रिपाठीलाई पनि अध्यक्ष मण्डलमा त राखियो। तर उनी महामन्त्री बृजेशकुमार गुप्ता लगायतलाई लिएर एमालेसँग चुनावी सहकार्य गर्न पुगे।

पार्टी गठनका बेला महन्थ ठाकुर र राजेन्द्र महतो दुई दुई महिनाको बीचमा आलोपालो संयोजक हुने आन्तरिक सहमति गरिएको थियो। तर, एक बर्ष बितिसकेपनि महतोले त्यो जिम्मेवारी पाएका छैनन् र ठाकुरको व्यक्तित्वका कारण माग्न पनि सकेका छैनन्।

त्यसको असर पार्टी संसदीय दलको नेताको चयनमा देखिएको छ। महतोले संसदीय दलको नेता दावी गरिरहेका छन्। ठाकुरपनि संसदीय दलको नेता बन्न चाहन्छन्। संसदीय दलको नेता बन्ने दुबैको चाहनाको व्यवस्थापन गर्न पार्टीलाई अप्ठेरो परेको छ।

मधेशमा जीत
आन्तरिक विवादका बावजुद प्रतिनिधि सभा तथा प्रदेश सभाको गत निर्वाचनमा राजपाले मधेशमा सन्तोषजनक प्रदर्शन गर्न सक्यो। पहाडी क्षेत्रको चुनावी परिणाम वामगठबन्धनको पक्षमा गएपनि ‘कोर मधेश’ को रुपमा चिनिने प्रदेश–२ मा राम्रो प्रदर्शन गर्न सक्यो। प्रदेश–२ र ७ मा पनि एकाध सिट जित्यो।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ११ स्थानमा जित हासिल गरेर मधेशको पहिलो दल बन्न सफल भयो जबकि उपेन्द्र यादवको संघीय समाजवादी फोरमले १० सिटमात्र जितेको छ। तर, प्रदेश–२ को संसदमा भने फोरम पहिलो ठूलो दल बनेर राजपालाई मात गरेको छ।

प्रकाशित ७ बैशाख २०७५, शुक्रबार | 2018-04-20 08:40:32
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं