विश्लेषण

हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट


Infocus



छिङ्हाइ–तिब्बत रेल
छिङ्हाइ–तिब्बत रेल
चाइना डेली

चीन र भारतजस्ता दुई ठूला छिमेकीको चपेटामा पर्नुको एउटा पीडाका बीचमा नेपालका सामु संभावनाहरू पनि बढ्दै गएको देखिन्छ।

NIC ASIA

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुँदै गर्दा भारतले अरू कसैले बनाएको बुढीगण्डकीको बिजुली नकिन्ने बताएको थियो। यो भनाई नेपालका प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा बुढीगण्डकी परियोजनाबारे छलफल गर्लान् भन्ने उद्देश्यले पनि उठाइएको हुनुपर्छ। त्यसो त यो परियोजना अघिल्ला सरकारले प्रक्रिया नपुर्याएर चीनलाई जिम्मा दिएको, फेरि अर्को सरकारले चीनको हातबाट खोसेको र पुनः ओली सरकारले चीनलाई सुम्पिने भनेर भन्दै आएको एउटा परियोजना थियो।

छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध बनाउन खोजिरहेको वर्तमान सरकारले यो मामिलालाई सावधानीपूर्वक लिन खोजिरहेको छ। त्यसैले पनि चीन भ्रमणमा निस्कनुअघि काठमाडौंमै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि प्रस्ट पारिदिए, चीन भ्रमणको क्रममा बुढीगण्डकी परियोजनाबारे कुनै कुराकानी हुँदैन।

चीन र भारतजस्ता दुई ठूला छिमेकीको चपेटामा पर्नुको एउटा पीडाका बीचमा नेपालका सामु संभावनाहरू पनि बढ्दै गएको देखिन्छ। त्यसको लागि नेपालका यी छिमेकीबीचमा गहिरो मित्रता गराउनु अत्यन्तै जरूरी देखिन्छ।

बुधबार बेइजिङमा नेपालका परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्दै चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले चीन, नेपाल र भारतबीचको सम्बन्ध स्वाभाविक आधारमा बनेको र साझेदारको हैसियतमा संयुक्त विकासको लक्ष्य हुनुपर्ने औंल्याए। उनले थपेः ‘हामी तीनवटा मुलुकले हातमा हात मिलाएर संयुक्त विकास तथा समृद्धिलाई साकार तुल्याउनुपर्छ।’

दोश्रो पटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भ्रमण गरेर नेपाल फर्केको ५ दिन नबित्दै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल चीनतर्फ हानिए। १३ अप्रिलमा शाङ्गहाईमा उनले चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय समिति, राजनीतिक ब्यूरोका सदस्य एवम् केन्द्रीय वैदेशिक मामिला कार्यालयका प्रमुख याङ चे छसँग भेटवार्ता गरे।

याङले गत वर्षको सेप्टेम्बर महिनामा फुच्येन प्रान्तको स्यामनमा ब्रिक्स सम्मेलनका दौरान राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ताको प्रतिवद्धता उप्काए। दोक्लाम विवादलाई लिएर भारत र चीनबीचको संभावित युद्धको खतरा टार्दै भारतीय सेना फिर्ता गराएर मोदीले ब्रिक्समार्फत् चीनसँगको सम्बन्ध सुधार्ने प्रयास गरेका थिए। गहन रुपमा चीन–भारत सम्बन्धलाई अघि बढाउनु नै दुवै देशका जनताको साझा इच्छा भएकोमा उनीहरू एकमत भए। यसपाली याङले सुरक्षा सल्लाहकार अजितलाई सोही सुमधुर वार्तामा गरिएका वाचाहरू पुनःस्मरण गराए र सम्पन्न मतैक्यता र भावनाबमोजिम नवीन सहकार्य र द्वीपक्षीय सम्बन्धको सुमधुर भविष्य सिर्जना गर्दै जाने आशा सुनाए।

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार नयाँ दिल्ली फर्किए लगत्तै काठमाडौंबाट परराष्ट्रमन्त्री बेइजिङमा अवतरण गर्दै गर्दा उनका समकक्षी वाङ यीले पनि भविष्यमा बहुक्षेत्रमा हुने पारस्परिक सहयोगबाट चीन, नेपाल र भारत तीनवटै पक्षको विकासको लाभ प्राप्त हुने आशा देखाए। चीन र नेपालबीच बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा मतैक्यता हासिल भैसकेकाले उनको निशाना भारतलाई तान्नेतर्फ पनि हुनुपर्छ।

यस परियोजनामा भारतलाई तान्न नसक्ने हो भने चीनको दक्षिण एशियाको बाटो फराकिलो नहुने चिन्ता छ भने भारतविनाको चीनको समृद्धिको दिशा पनि अन्यौलग्रस्त लाग्नेछ। तसर्थ भारत यस पहलमा सहभागी हुने प्रतिक्षामा चीन रहिरहेको छ। भारतीय विश्लेषकहरूले पनि बीआरआई कुनै घातक परियोजना नभएको बताइरहेका बेला अहिलेसम्मको भारतको संकोच बार्गेनिङको हतियार मात्रै भएको हुनसक्ने एकथरीको तर्क छ। जे भएपनि नेपाल, चीन र भारतबीचको मित्रता गहिरियो भने यसले त्रिपक्षीय फाइदा त ल्याउने नै छ।

ओलीको भारत भ्रमणको एक सातापछि नै नेपालका परराष्ट्रमन्त्रीले बेइजिङ टेक्दा नेपालको सन्तुलित छिमेक नीतिको रूपमा पनि व्याख्या गर्न थालिएको छ। बुधबार चीन र नेपालका परराष्ट्र मन्त्रीहरूको संयुक्त पत्रकार सम्मेलनमा वाङले नेपालको यस अग्रसरताको प्रशंसा गरे र भारतलाई यसतर्फ सचेत पनि गराएः ‘नेपालको विकासको समर्थन गर्नु नै चीन र भारतको साझा बुझाइ हुनुपर्छ।’

सुरक्षा खतरा देखाउँदै भारतले अरूचि देखाइरहेका बेला बीआरआईमा नेपालको सहभागिताले चीनलाई केही हदसम्म भरोसा मिलेको देखिन्छ। उसले नेपालमार्फत् भारतसँगको सम्बन्ध राम्रो भएमा नेपाल हुँदै दक्षिण एशिया छिर्नसक्ने महत्वाकांक्षा पालेको देखिन्छ। वाङले भनेअनुसार हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट चीन र नेपालबीच त्रिआयामिक च्यानल बनाउने चीनको अभिष्ट देखिन्छ।

वाङले प्रस्तुत गरेको त्रिआयामिक च्यानलले भारतलाई पनि समेट्न खोजेको छ। बीआरआईमा भित्रिन भारतको आनाकानीलाई यस च्यानलबाट समेट्ने चीनको अर्को रणनीति पनि हुनुपर्छ। चीनले भविष्यमा चीन–नेपाल–भारत आर्थिक करिडोरको निर्माणको लागि यसैमार्फत् जग बसाल्ने संभाव्यता पनि खोजिरहेको छ। वाङले भनेः हामी ३ वटा मुलुकको साझा लक्ष्य हुनुपर्छ कि हातमा हात मिलाएर संयुक्त विकास तथा समृद्धिलाई व्यहारमा उतार्नुपर्दछ।

चीनले अझै पनि चीन भ्रमणमा आउने वा चीनबाट नेपाल, भारत जाने आफ्ना अधिकारीहरूमार्फत् नेपाल, चीन र भारतबीचमा हातेमालो हुनुपर्नेमा बल गरिरहनेछ। यसको अर्थ चीनले केरूङ नाका हुँदै भारतसम्म छिर्नका लागि बनाउन लागेको राजमार्गको सपना छ। हिमाल पार हुँदै भारतीय सीमासम्म पुग्ने रेलमार्गमार्फत् साझा समृद्धिको महत्वकांक्षा पनि निहित छ।

 

प्रकाशित ६ बैशाख २०७५, बिहिबार | 2018-04-19 08:34:04
Max TV
Max TV
Zen Travels

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।