९ बैशाखमा एमाले-माओवादीबीच पार्टी एकता नहुने पक्का




एमाले–माओवादी केन्द्रको चुनाव चिन्ह
एमाले–माओवादी केन्द्रको चुनाव चिन्ह

झण्डै दुई हप्तापछि भएको एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको आजको बैठकपनि विना निष्कर्ष टुङ्गिएको छ।

NIC ASIA

आजको बैठकले मिल्न बाँकी बिषय टुङ्ग्याउने र ९ बैशाखमा पार्टी एकताको घोषणा गर्ने अपेक्षा गरिएको थियो। तर, आजको बैठक त्यसमा असफल रह्यो।

कतिसम्म भने, अर्काे बैठक कहिले तय गर्ने भन्ने निर्णय समेत आजको बैठकले गर्न सकेन।

बैठकले कुनै निर्णय गर्न नसकेपछि संयोजन समितिको आजको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार समितिको अर्को बैठकमा एकताको मिति तय गरिनेछ।

बैठकपछि एमाले महासचिव ईश्वर पोखरेलले चुनाव चिन्ह सम्बन्धी विवाद मिलिसकेको प्रतिक्रिया दिएका छन्। तर माओवादी पक्षले त्यसमा सहमति नभएको दावी गरेको छ।

‘आजको बैठकमा माधव नेपाल र रामबहादुर थापा ‘बादल’ कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल भयो र मिलाउन बाँकी विषय दुई अध्यक्षलाई दिने निर्णय बैठकले गर्‍यो’ प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले भने, ‘त्यसबाहेक अरु कुनै निर्णय भएका छैनन्।’

प्रकाशित ४ बैशाख २०७५, मंगलबार | 2018-04-17 13:14:10
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...