९ बैशाखमा नै पार्टी एकता गर्ने एमाले स्थायी समितिको निर्णय




एमाले स्थायी समिति बैठक
एमाले स्थायी समिति बैठक

पार्टी एकता ९ बैशाखमा नै टुङ्ग्याउने गरी पहल गर्ने निर्णय एमालेले गरेको छ। सोमबार अपरान्ह बसेको एमाले स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो।

एमाले सचिव बिष्णु पौडेलका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि भएका पहलबारे स्थायी समिति सदस्यहरुलाई जानकारी गराएका थिए।

‘एकता प्रयास सकरात्मक नै भएको जानकारी उहाँले गराउनु भयो’ पौडेलले नेपालखबरसँग भने, ‘त्यसैले ९ बैशाखमा नै एकता गर्ने निर्णय गरिएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बैठकले एकतालाई टुङ्गोमा पुर्‍याउन अध्यक्ष ओलीलाई म्याण्डेट दिएको छ।

आजको बैठकमा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विहान भएको छलफलबारे ब्रिफिङ गरेका थिए।

पौडेलको दावी अनुसार, ओलीले आज विहान अध्यक्ष प्रचण्डसँग भएको छलफल सकरात्मक रहेको बताएका थिए।

प्रकाशित ३ बैशाख २०७५, सोमबार | 2018-04-16 21:39:00



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...

  • बजार अनुगमन

    बजार अनुगमन अब स्थानीय तहबाट

    अगनुगमनमा स्वतः जानु भन्दा उजुरीलाई आधार मान्न जोड दिइएको निर्देशिकामा उपभोक्ताले कुनै सूचना उपलब्ध गराएमा, कुनै निकायले अनुगमन गर्न निर्देशन...

  • चीनसँग भयो यस्तो सहमति

    १०. केरुङदेखि काठमाडौँसम्मको नेपाल–चीन सीमापार रेलमार्ग तथा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर तयार गर्ने तथा सम्भाव्यता अध्ययन गर्ने विषयमा...