प्रदेश ४ को नीति तथा कार्यक्रम:ऊर्जा र उद्योग प्राथमिकतामा




फोटो
फोटो
Hari Bastola

प्रदेश ४ को २०७४/७५ को वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत भएको छ।

NIC ASIA

प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले सबल र समृद्ध प्रदेश निर्माण गरी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियानलाई सार्थक बनाइने बताए।

सरकारले प्रदेशका नीति तर्जुमा गर्दा सामाजिक न्याय, लैङ्गिक समानता, समावेशीकरण र समतामूलक समाजका आधारस्तम्भमा केन्द्रित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेशको विकासका लागि पर्यटन, ऊर्जा कृषि, कृषि उद्योग र पूर्वाधार विकासमा उच्च प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। 

प्रदेशमा निर्माणाधीन राष्ट्रिय गौरव र उच्च प्राथमिकता विमानस्थल, सडक पुल, ऊर्जा उत्पादन, विद्युत् प्रसारण लाइन, खानेपानीलगायत आयोजनाको कार्यान्वयनमा सहजीकरण गरिने र उच्च प्राथमिकता दिई सुरक्षा प्रबन्ध मिलाइने कार्यक्रममा उल्लेख छ। सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशबाट पर्यटक आकर्षित गर्न छिमेकी देश पर्यटन वर्ष र सन् २०२२ लाई बृहत् अन्तर्राष्ट्रियस्तरको पोखरा पर्यटक वर्ष सञ्चालन गरिने उल्लेख गरिएको छ।

प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, विभिन्न प्राकृतिक, ऐतिहासिक, धार्मिक संस्कृतिक क्षेत्र तथा ग्रामीण पर्यटन केन्द्र, घरबास, पदयात्रा मार्गलाई संरक्षण, संवद्र्धन र विकास गर्दै मुख्य पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने सरकारको लक्ष्य छ।माथिल्लो मुस्ताङ, मनाङ र गोरखाको चुमनुब्री उपत्यकाको पर्यटन पूर्वाधारमा जोड दिँदै सरकारले पोखरालाई नेपालका अन्य प्रमुख शहर र प्रादेशिक राजधानीसँग हवाई मार्गद्वारा जोड्न पहल गर्ने जनाइएको छ। 

प्रदेशमा लगानी बढाउन २०७५ मा लगानी सम्मेलन आयोजना गरिने जानकारी दिँदै प्रदेश प्रमुख कुँवरले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन औद्योगिक एवं व्यावसायिक क्षेत्रलाई ऊर्जा आपूर्तिमा प्राथमिकता दिइने बताए। नीति तथा कार्यक्रममा गाउँपालिकामा ‘मुख्यमन्त्री वातावरणमैत्री कृषि गाउँ नमूना कार्यक्रम’ थालनी गरिने र कृषिमा देखिने जोखिम मूल्याङ्कन गरी लैङ्गिक तथा सामाजिक समावेशीकरण विश्लेषणसहित स्थानविशिष्ट वातावरण, कृषि प्रविधि, अभ्यास र सेवाको पहिचान गरिने उल्लेख छ। 

प्रदेश राजधानीलाई व्यवस्थित र शहरी पूर्वाधारयुक्त बनाउन बृहत् पोखरा चक्रपथ निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन गर्ने जनाइएको छ। नीति तथा कार्यक्रममा उद्योग क्षेत्रको प्रोत्साहन तथा औद्योगिक प्रवद्र्धनका लागि प्रदेशमा ठूलो औद्योगिक क्षेत्र र प्रत्येक स्थानीय तहमा एक उद्योग ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने जनाइएको छ। 

नीति तथा कार्यक्रममा जातीय सद्भाव र सांस्कृतिक सहअस्तित्वको माध्यमबाट राष्ट्रिय एकता कायम गर्न बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक पहिचान झल्कने बहुसांस्कृतिक ग्राम निर्माणको पूर्वतयारीका काम सम्पन्न गरिने उल्लेख छ। प्रदेशमा अन्तर्राष्ट्रियस्तरको बहुउपयोगी खेल मैदान र स्थानीयस्तरमा एउटा रङ्गशालाको निर्माण गरिने छ।

पाँच वर्षभित्र अर्बुदरोग, मुटुरोग तथा मिर्गौलालगायत जटिल रोगको उपचारका लागि अत्याधुनिक सुविधासम्पन्न उपचार केन्द्रको स्थापनाका लागि आयोजनाको पूर्वतयारी गरिने नीति तथा कार्यक्रममा भनिएको छ। आजको बैठकमा प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभामा गर्नुभएको वार्षिक नीति तथा कार्यक्रमप्रति मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धन्यवाद प्रस्ताव राखेका थिए।रासस

प्रकाशित ३ बैशाख २०७५, सोमबार | 2018-04-16 20:17:37
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...