बेइजिङमा ज्ञवालीले भेट्दैछन् चीनका शक्तिशाली उपराष्ट्रपति


Infocus



परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीभन्दा अघि नै उपराष्ट्रपति वाङ क्वीसानसँग भेटवार्ता गर्दैछन्।

NIC ASIA

उपराष्ट्रपति वाङ राष्ट्रपति सी जिनफिङका विश्वास प्राप्त शक्तिशाली नेता हुन्। वाङसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता बेइजिङको सरकारी निवास चोङनाङहाइमा बुधबार बिहानलाई तय गरिएको स्रोतले जनाएको छ।

उच्च नेतासँगको भेटवार्ताबारे कुटनीतिक तहबाट पहिले नै जानकारी दिने चलन बेइजिङमा छैन। तर चीनका अधिकारीहरूले यसपटक उपराष्ट्रपति वाङसँग नै भेटवार्ता आयोजना गर्न लागिएको संकेत नेपाली अधिकारीहरूलाई दिएका छन्।  

राष्ट्रपति सी र प्रधानमन्त्री ली खछ्याङपछि वाङ बेइजिङमा अर्का शक्तिशाली नेता हुन्, जसले दुई पक्षबीच भएका छलफलको ब्रिफिङ सिधै राष्ट्रपतिलाई गर्न सक्नेछन्।

यसअघि चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिशाली सात सदस्यीय स्थाई समितिमा रहेर भ्रष्टाचार नियन्त्रण गर्ने निकायका प्रमुख भएका वाङलाई सीले गत मार्चमा सुरु भएको दोस्रो कार्यकालबाट उपराष्ट्रपति छनोट गरेका हुन्। तर उनी अहिलेको पाँच सदस्यीय स्थाई समितिमा छैनन्।

चीनमा गत मार्चबाट राष्ट्रपति सी जिनफिङको दोस्रो कार्यकाल सुरु भएयता हुन लागेको यो नै पहिलो उच्च भेटवार्ता हो। ओलीको नेतृत्वमा वामगठबन्धनको सरकार बनेपछि चीनसँगको सम्बन्धलाई चासोका साथ हेरिएका बेला परराष्ट्रमन्त्रीले पहिलो चीन भ्रमणमा राष्ट्रपतिपछिका शक्तिशाली नेतासँग भेटवार्ता गर्न लागेका हुन्।

ज्ञवालीले सोमबार परराष्ट्र मन्त्रालयमा मिडियाकर्मीसँग बेइजिङमा हुने उच्च भेटवार्तामा चीनसँगको सम्बन्ध र यसअघि भएका सम्झौता कार्यान्वयनबारे सरकारको नीति स्पष्ट पार्ने बताएका छन्।

बुधबार उपराष्ट्रपतिसँग भेटवार्ता लगत्तै परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ, जुन यसपटक बेइजिङको स्टेट गेष्ट हाउस दियोथाइमा राखिएको छ। ज्ञवालीलाई त्यही होटलमा बस्ने व्यवस्था मिलाइएको छ।

बेइजिङस्थित स्रोतहरूका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणको क्रममा उच्च भेटवार्ता भएपनि कुनै सम्झौता गर्ने तयारी छैन। दुवै पक्ष आफ्ना नीति र विगतका सम्झौताको कार्यान्वयन प्रक्रियाबारे बढी छलफल गर्ने तयारीमा छन्। यो वर्ष चीनबाट राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने र प्रधानमन्त्री ओली पनि चीन भ्रमणमा जाने तयारी भएकाले छलफलको अर्को एजेण्डा उच्च भ्रमणको आयोजना हुनेछ।

सोमबार राती ११ बजे काठमाडौंबाट उडेर दक्षिण चीनको ग्वान्झाओ हुँदै परराष्ट्रमन्त्री ज्ञवाली मंगलबार ११ बजे बेइजिङ उत्रिँदै छन्। ज्ञवालीको टोलीमा परराष्ट्र मन्त्रालयमा चीन डेस्क हेर्ने सहसचिव गणेशप्रसाद ढकाल र उपसचिव कुमार राई हुनेछन् भने बेइजिङबाट राजदूत लीलामणी पौड्याल, दूताबासका उपप्रमुख सुशील लम्साल संलग्न हुनेछन्।

मंगलबार साँझ बेइजिङस्थित नेपाली दूताबासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुने ज्ञवालीको कार्यक्रम छ।

बिहिबार बेइजिङमै चाइना रिफर्म फोरमले आयोजना गर्ने ‘चीन–नेपाल सम्बन्ध’ विषयमा मन्तव्य दिएर ज्ञवाली पश्चिम चीनको चेङ्दु उड्ने छन्।

प्रकाशित ३ बैशाख २०७५, सोमबार | 2018-04-16 20:06:30
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...