आपूर्ति व्यवस्थापनका विषयमा मन्त्री यादवको गृह र रक्षा मन्त्रालयसँग छलफल




मात्रिका यादव
मात्रिका यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आपूर्ति व्यवस्थापन चुस्त बनाउन र उद्योग क्षेत्रको सुरक्षा एवं लगानी मैत्री वातावरण बनाउने विषयमा गृह र रक्षा मन्त्रालयसँग छलफल गरेका छन्।

उद्योग मन्त्रालयमा आज भएको छलफलमा औषधि, पेट्रोलियम पदार्थलगायत दैनिक जीवनका अत्यन्त महत्वपूर्ण सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउने विषयमा छलफल भएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिएका हुन्।

मन्त्री यादवको संयोजकत्वमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा, रक्षा सचिव विष्णुप्रसाद लम्साल, मन्त्रालयका सचिवहरु चद्रकुमार घिमिरे र यमकुमारी खतिवडा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालसहित उच्च अधिकारीको सहभागिता थियो। 

सो अवसरमा मन्त्री यादवले रुग्ण उद्योग सञ्चालन गर्ने, औषधिको उत्पादन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानीमा बारम्बार हुने अवरोधका विषयलाई व्यवस्थित गर्न राज्यका सबै निकाय समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। सरकारी उद्योग सञ्चालनका लागि लगानी जुटाउने, त्यसको सुरक्षा गर्ने र बजारीकरण गर्ने विषयमा प्रांप्त भएको सुझावका आधारमा मन्त्रालयले निर्णय लिने स्वकीय सचिव बिष्टले जानकारी दिए।रासस 

प्रकाशित ३ बैशाख २०७५, सोमबार | 2018-04-16 19:12:11



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...

  • बजार अनुगमन

    बजार अनुगमन अब स्थानीय तहबाट

    अगनुगमनमा स्वतः जानु भन्दा उजुरीलाई आधार मान्न जोड दिइएको निर्देशिकामा उपभोक्ताले कुनै सूचना उपलब्ध गराएमा, कुनै निकायले अनुगमन गर्न निर्देशन...

  • चीनसँग भयो यस्तो सहमति

    १०. केरुङदेखि काठमाडौँसम्मको नेपाल–चीन सीमापार रेलमार्ग तथा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर तयार गर्ने तथा सम्भाव्यता अध्ययन गर्ने विषयमा...