बेइजिङ उड्नुअघि परराष्ट्रमन्त्रीले भनेः बुढीगण्डकी परियोजनाबारे चीनसँग कुरा हुँदैन




परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

चीन भ्रमण क्रममा बुढी गण्डकी जलविद्युत परियोजनाबारे छलफल गर्ने कार्यक्रम नरहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। ८ बैशाखसम्म चीन भ्रमणमा रहने गरी परराष्ट्रमन्त्री ज्ञवाली आज साँझ बेइजिङ्ग प्रस्थान गर्दैछन्।

NIC ASIA

बुढीगण्डकी परियोजनाबारे पूर्ववर्ती सरकारले गरेको निर्णयको अध्ययन गर्दैछौं’ चीन प्रस्थान गर्नुअघि परराष्ट्रमन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री ज्ञवालीले भने, ‘त्यसैले मेरो भ्रमण बुढी गण्डकी परियोजना छलफलको योजनामा छैन।’

राष्ट्रिय गौरवको बुढी गण्डकी परियोजना निर्माणको जिम्मा चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) लाई दिने निर्णय गरेको थियो। तर सो निर्णय शेरबहादुर देउवा सरकारको पालामा खारेज गरियो।

एमाले–माओवादी केन्द्रले भने देउवा सरकारले गरेको निर्णय उल्ट्याइने बताउँदै आएका छन्। परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणका क्रममा यस विषयमा छलफल हुने अनुमान गरिएको थियो।

ओलीको चीन भ्रमण
परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वतयारीको रुपमा पनि लिइएको छ। तर, ज्ञवालीले यस विषयमा स्पष्ट जवाफ दिन चाहेनन्।

‘यस्ता भ्रमणमा नेताहरुको भ्रमणको विषयपनि रहन्छन्’ ज्ञवालीले भने, ‘तर मेरो भ्रमणको उद्देश्य निर्वाचनपछिको सरकारको विदेशनीति र प्राथमिकताबारे चिनिया सरकारलाई जानकारी गराउनु हो।’

यति भन्दै उनले उच्चस्तरीय भ्रमणबारे यसअघि आफूले भन्दै आएको पुरानै कुरा दोहोर्‍याए। ज्ञवालीले भने, ‘सन् २०१८ उच्चस्तरीय भ्रमणको बर्ष हुन्छ भनेको छु। थप कुरा भ्रमण भएपछि स्वभाविक रुपमा भन्नेछु।’

बेल्ट एण्ड रोड इनिसिएटिभ्स्
चीनले प्राथमिकतामा राखेको बेल्ट एण्ड रोड इनिसिएटिभ्स् (बीआरआई) नेपालको पनि प्राथमिकतामा रहेको मन्त्री ज्ञवालीले बताए। ‘तर बीआरआई सञ्चालनको एउटै मोडल छैन’ उनले भने, ‘दुबै देश मिलेर त्यसको मोडालिटी तयार गर्नेछौं।’

बीआरआई अन्तर्गत नेपालको प्राथमिकता पूर्वाधार निर्माण अन्तर्गत सडक, रेल र ट्रान्समिसन लाइन भएको उनले खुलाए। भने, ‘हाम्रो प्राथमिकता आर्थिक विकासलाई गति दिने खालका योजना निर्माणमा हुनेछ।’

ट्रान्समिसन लाइन
प्रधानमन्त्री ओलीको संभावित चीन भ्रमणमा नेपाल–चीनबीच विद्युत ट्रान्समिसन लाइनबारे पनि सम्झौताको तयारी गरिँदैछ। प्रेस ब्रिफिङ अवधिभर औपचारिक देखिएका ज्ञवाली यस विषयमा चाहिँ केही खुले।

उनका भनाईमा, नेपाल–चीनबीच क्रशबोर्डर ट्रान्समिसन लाइनका लागि सम्भावित नाकाको पहिचान गर्ने काम भइरहेको छ। र, त्यसमध्ये रसुवागढी–केरुङ नाका र कोरला नाका सबैभन्दा बढी सम्भावनायुक्त नाका हुन्।

तातोपानी नाका
परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेपछिको पहिलो प्रेस ब्रिफिङमा मन्त्री ज्ञवालीले तातोपानी नाका खुल्ने कुरामा आफू आशावादी रहेको बताए। १२ बैशाख २०७२ को भूकम्पपछि चीनले सो नाका बन्द गर्दै आएको छ।

तातोपानी नाका हाम्रा लागि महत्वपूर्ण छ, त्यो नाका खोल्ने कुरामा हामीले चिनिया सरकाससँग कुरा गरेका छौं’ ज्ञवालीले भने, ‘चीनले भौगोलिक कारणले त्यो नाका खोल्न अप्ठेरो मानेपनि अब चाहिँ खोल्ने विषयमा प्रगति भएको छ।’

प्रकाशित ३ बैशाख २०७५, सोमबार | 2018-04-16 16:39:59
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...