दोबाटोका भरियाजस्ता मधेशवादी दल

प्रदेश २ मा अान्दाेलन चर्काउँदा त्यसले अाफैँलार्इ अप्ठ्याराेमा पार्नेछ


Infocus



प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वाम गठबन्धनको सरकार गठन भएसँगै सरकार प्रवेशको तयारी गरिरहेका दुर्इ मधेशवादी दलहरु अहिले 'दोबाटोका भरिया' जस्तै देखिएका छन्।

निर्वाचनका बेला मधेशवादी दलका नेताहरुले अागामी सरकारसँग अधिकारको लडाइँ लड्ने भन्दै मधेशका जनतासँग भोट मागे। तर, जब वाम गठबन्धनको सरकार बन्याे ठूला मधेशवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम सरकार प्रवेशको तयारीमा लागे।

निर्वाचनमा प्रयोग भएको 'लडार्इ' शब्दलार्इ रुपान्तरण गर्दै उनीहरू 'सहकार्य'मा अाेर्लिए। र, प्रधानमन्त्रीले संविधान संशोधन गरिदिन्छु भनिदिए आफुहरु सरकारसँग सहकार्य गर्न तयार रहेकाे जनाउ दिए। यही मेसाेमा उनीहरूले अाेलीलाइ विश्वासकाे मत समेत दिए। 

तर, पछिल्लो समय मधेशवादी दलहरु न प्रधानमन्त्री ओलीसँग सहकार्य गर्दै सरकार प्रवेश गर्न सकेका छन्, न सहकार्य तोडेर अधिकारको लडार्इ लड्न सुरू गर्ने स्थितिमा छन्। उनीहरु मधेशका मुद्दा बाेकेर दाेबाटाेमा उँभिएका भरिया जस्ता भएका छन्, अबकाे उनीहरूकाे दिशा कता हाे निश्चित छैन।

प्रधानमन्त्री ओली आफैँले मधेशवादी दललार्इ सरकारमा ल्याउन पहल गरेका थिए। तर, पछिल्लो समय उनले मधेशवादीलार्इ सरकार प्रवेशको लागि गर्नुपर्ने वार्तामा कुनै रुचि नदेखाएको मधेशवादी दलका नेताहरुको गुनासो छ।

सरकार प्रवेशका लागि प्रधानमन्त्रीसँग औपचारिक वार्ता नभएको लामो समय भइसकेकाले मधेशवादी दलका नेताहरु आफूहरु अलमलममा परेकाे बताउँछन्। राजपा अध्यक्ष मण्डल सदस्य शदरसिंह भण्डारी लामो समयबाट अड्किएको वार्तालार्इ फेरि अघि बढाउने जिम्मा प्रधानमन्त्री ओलीकै भएका तर्क गर्छन्।

'सरकारसँग हाम्रो वार्ता असफल भइसकेको छैन नटुंगिएको मात्र हो। अहिले वार्ता रोकिएको छ त्यसमा प्रधानमन्त्रीको आफ्नै व्यस्तताले पनि होला। यसमा हामीले केही गर्न सक्दैनौ', भण्डारीकाे भनाइ छ, 'चाबी उहाँकै (प्रधानमन्त्री) हातमा छ त्यसैकारण ताल्चा पनि उहाँहरुले नै खोल्न सक्नुहुन्छ।'

संघीय संसदका सदस्यको सपथग्रहण समारोहमा राजपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री ओलीले पहिलो पटक सरकारमा आउन आग्रह गरेका गरेका थिए। उनले सरकारमा आएपछि संविधान संशोधन र टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलार्इ संसदमा सपथग्रहणको वातावरण मिलाउने आश्वासन पनि दिएका थिए।

प्रधानमन्त्री ओलीको सो आग्रहपछि राजपाले राष्ट्रपति विद्यादेवि भण्डारी र सरकारको पक्षमा मतदान गरेको थियो। त्यसपछि राजपा-सरकारबीच केही ‍औपचारिक वार्ता भए पनि कुनै निष्कर्ष अाएन। प्रधानमन्त्रीले मधेशवादी दल बिनै सरकार विस्तार गरिदिए। सरकार विस्तारपछि प्रधानमन्त्री र राजपाका नेताहरुबीच कुनै ‌औपचारिक वार्ता भएको छैन्।

उसो त सरकार प्रवेशको विषयमा प्रधानमन्त्री ओली र समाजवादी फोरमबीच लगातार भएका वार्ताहरु समेत टुंगोमा पुगेका छैनन्। प्रधानमन्त्री अाेलीसँग सहकार्य गर्ने मामिलामा राजपाभन्दा फाेरम केही निकट छ। त्यसैले फोरम नेताहरु बढी नै अाशावादी छन्। 

फोरमका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारमा जाने कुरा जहाँबाट सुरु भएको थियो त्यही स्थानमा रहेको तर प्रधानमन्त्री ओलीले मधेस मुद्दालार्इ संबोधन गर्दिन पनि नभनेका कारण आफूहरु चुप बसेकाे बताउँछन्।

अाफूहरूले सरकारका हरेक कदम नियालिरहेको उनकाे भनार्इ छ।

प्रधानमन्त्रीकाे भारत भ्रमणपूर्व प्रधानमन्त्रीले संघीय फाेरमका नेताहरूसँग परामर्श गरेका थिए। त्याे केबल प्रधानमन्त्रीकाे भारत भ्रमण केन्द्रित थियाे। त्यसयता दुवै पक्षबीच कुराकानी भएकाे छैन।

'सरकारमा जाने विषय लामो समयदेखि पेन्डिङमै छ। भारत भ्रमण अघिकाे छलफलमा उहाँ (प्रधानमन्त्री) सँग सरकार प्रवेशको विषयमा कुरा भएन', श्रेष्ठ भन्छन्।

भारत फ्याक्टर
संविधान सभाले संविधान जारी गरेकाे विराेधमा २०७२ मा भातरले नेपालमाथि नाकाबन्दी लगायाे।

त्यतिबेला मधेसवादी दलहरूलाइ भारतकाे समर्थन र भारतलाइ मधेशवादी दलहरूकाे साथ देखिएकाे थियाे। साे नाकाबन्दीकाे तत्कालीन प्रधानमन्त्री केपी शर्मा अाेलीले डटेर सामना गरेका थिए। त्यही जगमा लाेकप्रिय बनेका अाेलीकाे 'न्यारेटिभ' गत निर्वाचनबाट अनुमाेदन भएर अाेली फेरि प्रधानमन्त्री भएका छन्। 

याे पटक प्रधानमन्त्री अाेली भारत भ्रमणमा जाँदा भारतले अघिल्लाे ७ फागुन २०७३ काे जस्ताे संविधानमा 'महिला, जनजाति, अल्पसंख्यक, असन्तुष्ट' का अावाज समेट्न अर्ति दिएन। 

प्रधानमन्त्री ओलीसँगै भारत भ्रमणमा गएका राजपा अध्यक्ष मण्डल सदस्य शरदसिंह भण्डारी भन्छन्, 'दुइ प्रधानमन्त्रीका भेटवार्तामा मधेसवादी दलका विषय कहीँ पनि उठाइएनन्। इन्डियामा इन्डियाकै कुरा भयो नेपालको कुरा भएन।'

यसअघि अाेली प्रधानमन्त्री हुने निश्चित हुने भइसकेपछि नेपाल अाएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले अाेली नेतृत्वकाे वाम गठबन्धनसँग मिलेर जान मधेसवादी दलहरूलाइ अाग्रह गरेकी थिइन्।

संविधान संशाेधन गर्न दवाब दिँदै अाएकाे भारत अाफैँ परिवर्तन भएकाे स्थिति छ। याे अवस्था बुझेका प्रधानमन्त्री अाेलीले सरकारमा जान संविधान संशाेधनकाे माग गरिरहेका मधेसवादी दलहरूलाइ लिखित सम्झाैता नगर्ने स्पष्ट पारिदिएका छन्। 'अावश्यकता र अाैचित्यकाे अाधारमा संविधान संशाेधन हुन्छ', उनले भनेका छन्।

अान्दाेलन कहाँ गर्ने?

मधेसवादी दलका नेताहरू सरकारमा गए सत्तामै बसेर यसअघि अाफूले उठाएका मुद्दा सम्बाेधन गर्ने बताउँछन्। सरकारमा नगए सदन र सडकबाट अान्दाेलन चर्काउने उनीहरूकाे भनाइ छ।

मधेसवादी दलहरूकाे पकड क्षेत्र प्रदेश २ हाे त्यहाँ फाेरम-राजपाकै सरकार छ। अाफ्नै प्रदेश सरकार भएकाे ठाउँमा अान्दाेलन गर्दा त्यसले अाफैँलाइ अप्ठ्याराेमा पार्नेछ। प्रदेश २ कै जनताले सास्ती पाउनेछन्। अान्दाेलन गर्ने अर्काे ठाउँ केन्द्र अर्थात् काठमाडाैं हाे।

काठमाडाैंमा मधेसवादी दलहरूकाे छवि राम्राे छैन। राजनीति विकृत पारेकाे, मूल्यहीन र नातावादकाे चरम अभ्यास गरेकाे अाराेप उनीहरूमाथि छ। वास्तविकता जे भए पनि उनीहरूलाइ काठमाडाैंले भारतकै कठपुतलीकाे रूपमै हेर्छ।

यस्ताे अवस्थामा केन्द्रमा हुने अान्दाेलन प्रभावकारी हुन गाह्राे छ। त्यसैले पनि मधेसवादी दलहरू दाेबाटाेकाे भरियाजस्ता देखिन्छन्।

सम्बन्धित समाचार:

प्रकाशित ३ बैशाख २०७५, सोमबार | 2018-04-16 11:53:47
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।

  • पार्टी एकताका दिन ३ जेठमा  झलनाथ खनाल बाहेक नेकपा केन्द्रीय सचिवालयका नेताहरु

    नेकपाका पाँच भर्सेस् चार शीर्ष नेताः कति एकता, कति भिन्नता?

    ओली-प्रचण्डसहित केन्द्रीय सचिवालयका पाँचजना नेता एकातिर र २२ असोजको बैठक बहिस्कार गरेका नेपाल–खनालसहितका चार नेता अर्काेतिर जस्तो देखिएपनि चार जना...

  • सुरेश गैरे

    सुरेशकाे शालीन संगीत यात्रा

    ‘मलाई सफ्ट र मेलेडियस् संगीतमा काम गर्न मन पर्छ’ सुरेश भन्छन्, ‘भारतीय मोर्डन गीतहरुबाट बढी प्रभावित छु। पप गीतहरु खासै मन पर्दैन’, उनी सुनाउँछन्।...

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।