सिरिया आक्रमणः अब के हुन्छ?




जर्मनीको ह्यामबर्गमा आयोजित जी–२० बैठकका बेला ट्रम्प र पुटिनबीच  भएको भेटवार्ता । फाइल फोटोः एपी
जर्मनीको ह्यामबर्गमा आयोजित जी–२० बैठकका बेला ट्रम्प र पुटिनबीच भएको भेटवार्ता । फाइल फोटोः एपी

पश्चिमा शक्तिहरुले सिरियामाथि संयुक्त रुपमा गरेको आक्रमण पूर्णतः सफल भएको ती राष्ट्रले जनाएका छन्। अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले यो आक्रमण एक पटकका लागि मात्रै भएको बताउँदै सिरियाले रासायनिक हतियार प्रयोग जारी राखे सैन्य अभियान पनि जारी रहने चेतावनी दिएका छन्।

उता रुसले यो आक्रमणको परिणाम खराब आउने चेतावनी दिएको छ। यस्तो पृष्ठभूमिमा अब सिरियामा के हुन्छ त? के रुस र नेटो राष्ट्रबीच तनाव अझ बढ्नेछ?

फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले आफूहरुको चाहना रुससँग द्वन्द्व बढाउनु नभएको बताएकी छन्। रुससँग द्वन्द्व नचाहेकै कारण आफूहरुले आक्रमणअघि त्यसको जानकारी रुसी सेनालाई दिएको उनले बताइन्।

पार्लीको भनाइलाई मान्ने हो भने यसले शक्ति राष्ट्रहरुबीच उतिसारो तनाव बढाउने छैन।

एक रुसी राजनीतिक विश्लेषकले भने सिरिया रुसलाई बुझाउनुअघि आफ्नो लाज ढाक्न मात्रै पश्चिमा राष्ट्रहरुले यो आक्रमण गरेको दाबी गरेका छन्।

‘पश्चिमले सिरिया पुटिनलाई बुझाएको भन्ने कुरा तपाईं चाँडै नै पश्चिमा प्रेसमा पढ्न पाउनुहुन्छ,’ रुसी विश्लेषक सेर्गेइ मार्कोवको भनाइ अलजजिराले उधृत गरेको छ। उनले आक्रमण सैन्य रुपमा सिरियामाथि भए पनि राजनीतिक रुपमा मस्कोमाथि गरिएको बताएका छन्।

उनले यो आक्रमण असफल भएको दाबी गरे।

यो आक्रमण सफल वा असफल भए पनि यसले सिरियाको सैन्य अवस्थामा भने खासै परिवर्तन नगर्ने एकाथरि विश्लेषकहरुको मत छ। ‘यसले सिरियाली गृहयुद्धको समग्र अवस्थामा खासै परिवर्तन ल्याउने सम्भावना छैन,’ इन्स्टिच्युट फर द स्टडी अफ वारकी जेनिफर क्याफारेलाको भनाइ सिएनएनले उधृत गरेको छ।

आक्रमणलगत्तै रुसी सञ्चारमाध्यममा अमेरिकाविरोधी आवाज सुनिएकाले अब पश्चिमा राष्ट्रसमर्थित विद्रोहीहरुमाथि सिरिया सरकारले आक्रमण अझ चर्काउने अनुमान गरिएको छ। एजेन्सी

प्रकाशित १ बैशाख २०७५, शनिबार | 2018-04-14 18:00:03



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...

  • बजार अनुगमन

    बजार अनुगमन अब स्थानीय तहबाट

    अगनुगमनमा स्वतः जानु भन्दा उजुरीलाई आधार मान्न जोड दिइएको निर्देशिकामा उपभोक्ताले कुनै सूचना उपलब्ध गराएमा, कुनै निकायले अनुगमन गर्न निर्देशन...

  • चीनसँग भयो यस्तो सहमति

    १०. केरुङदेखि काठमाडौँसम्मको नेपाल–चीन सीमापार रेलमार्ग तथा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर तयार गर्ने तथा सम्भाव्यता अध्ययन गर्ने विषयमा...