पत्रकारका प्रश्नले 'इरिटेड' सभामुख

हप्ता दिनमा मन्त्री, १५ दिनमा प्रधानमन्त्री संसदमा उपस्थित गराउने महराकाे तयारी


Infocus



सभामुख कृष्णबहादुर महरा
सभामुख कृष्णबहादुर महरा

सभामुख कृष्णबहादुर महराले सबै पत्रकारले सोध्ने एउटै प्रश्नबाट आफू इरिटेट (दिक्क) भएको बताएका छन्।

बुधबार सिंहदरबारस्थित संसदीय ममिला मन्त्रालयमा संसदीय मामिलका पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, 'पत्रकार साथिहरुले न्युजका लागि फोन गर्नुहुन्छ, मैले पचास जनालार्इ एउटै कुरा भनिरहनुपर्छ। त्यसैकारण म इरिटेट भइहाल्छू।'

उनले एउटै कुरा पचास ठाउँ भन्नुभन्दा एकै पटक त्यो कुरा पचास पत्रकार समक्ष कसरी पठाउन सकिन्छ भनेर सोचिरहेको बताए। 

संसदीय समिति बढ्नसक्ने

सभामुख महराले पहिलाकाे याेजनाअनुसार मन्त्रालय बढेकाले संसदीय समिति पनि बढ्नसक्ने जानकारी दिए। महराले संसदीय समिति ७ वटा मात्र बनाउने प्रस्ताव भए पनि मन्त्रालय जस्तै त्यसको संख्यामा पनि हेरफेर हुनसक्ने उल्लेख गरे। 

सरकार निर्माणका समयमा ब्यवस्थापकीय पक्ष मिलाउँदै जाँदा मन्त्रालयको संख्या पनि सहमति भएभन्दा बढ्न गएको उनले सुनाए। 'त्यसैले नियमावली मस्यौदामा ७ वटा समिति प्रस्ताव गरिए पनि त्यो संख्या हेरफेर हुनसक्नछ', उनले भने।

समिति संख्या केही तलमाथि हुँदा अन्यथा मान्नु नहुने उनकाे भनाइ थियाे। यसबारेमा राष्ट्रिय सभा र प्रतिनिधि सभामा छलफल गर्न बाँकी रहेको उनले जानकारी दिए। 

प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने व्यवस्था आउँछ

बैसाख अन्तिमबाट सुरू हुने संसदकाे अर्काे अधिवेशनदेखि संसदमा उठेका प्रश्नको जवाफ मन्त्री र प्रधानमन्त्रीले दिने व्यवस्था ल्याउन लागेकाे सभामुख महराले बताएका छन्। सांसदले उठाएका प्रश्नको जवाफ मन्त्री एक हप्ताभित्र दिनुपर्ने र पन्ध्र दिनमा प्रधानमन्त्रीले पनि जवाफ दिनुपर्ने व्यवस्था ल्याउन लागिएकाे जानकारी दिए।

एक फरक प्रसंगमा उनले असोजभित्र संविधानअनुसार सबै कानूनहरु निर्माण भइसक्नु पर्ने भएकाले सबै मन्त्रालयले विधेयक मस्यौदा गरेर पठाउन प्रधानमन्त्रीसँग छलफल भइरहेकाे बताए।

दुर्इ वर्षमा आफ्नै संसद भवन

सभामुख महराले दुर्इ वर्षमा आफ्नै संसद भवन हुने बताएका छन्। पत्रकारसँगको अन्तरक्रियामा महराले  सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद भवन बन्ने बताएका हुन्। 

उनका अनुसार भवन निर्माणका लागि प्राविधिक काम शुरु भैसकेको छ। अबको दुर्इवर्ष भित्रमा नेपालको संघीय संसदले आफ्नै भवन पाउनेछ। त्यसका लागि पुतली बगैँचामा रहेको सेनाको ब्यारेक गृहमन्त्रालय पछाडि सार्न सेनासँग सहमति भैइसकेको उनले बताए।

माओवादी त्यागिसकेँ

सभामुख महराले सभामुख भएपछि माओवादी केन्द्र त्यगिसकेको पनि स्पष्ट पारेका छन्। सभामुखको सपथग्रहण लगत्तै माओवादीको सबै जिम्मेवारी त्यगिसकेको उनले पत्रकारहरुसँग स्पष्ट पारेका हुन्।

पत्रकारसँग कुरा गर्दै महराले भने,‘सभामुख नहुदा पार्टीमा रहँदा पनि म सबैसँग सन्तुलनमा रहने भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायसग संवाद गर्नलाई पार्टीले खटाउँथ्यो। अब सभामुखको पदमा रहुन्जेल निष्पक्ष भुमिकामा हुन्छु। हिजो माओवादी पार्टीमा थिएँ तर अब छैन।’

प्रकाशित २८ चैत २०७४, बुधबार | 2018-04-11 17:17:57
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

  • संसदीय समितिमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    निर्मला बलात्कार र हत्या: कुखुरा चाेरप्रति आइजिपीका चारथरि अभिव्यक्ति (भिडियाे)

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले गलत ब्यक्तिलाई फँसाउन खोजेको आरोप लागिरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय...

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...