उपेन्द्र यादव भन्छन्ः भारत भ्रमणअघि गएनौं भने ओली सरकारमा कहिल्यै जाँदैनौं


Infocus



उपेन्द्र यादव
उपेन्द्र यादव
यादवको फेशबुक पेजबाट

प्रधानमन्त्री केपी ओली चैत २३ गते भारतको तीन दिने भ्रमणमा निस्कँदै छन्। सरकारले भ्रमणका लागि आन्तरिक गृहकार्य सुरु गरिसकेको छ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतालाई निर्णायक चरणमा पुर्याउने तयारी भइरहेको छ भने मधेशवादी दलहरु सरकार प्रवेशका लागि अन्योलग्रस्त छन्।

सरकारले संघीय समाजवादी फोरम र राजपालाई मन्त्री परिषद्मा ल्याउने प्रयत्न गरिहँदा पनि सफल भएका छैन।

वाम नेतृत्वको सरकारलाई समाजवादी फोरम र राजपाले समर्थन गरेपनि सत्तारोहणको अन्योल अझै कायम छ। संविधान संशोधनलगायत मुद्दा सम्बोधनका लागि लिखित समझदारी खोजिरहेका दुवै दलसँग पछिल्लो समय औपचारिक तथा अनौपचारिक वार्ता पातलिँदै गएको मधेशवादी दलका नेताहरु बताउँछन्।

सरकार–राजपाबीच लामो समयदेखि कुनै वार्ता नभएको बताउँछन् राजापा महासचिव केशव झा। उनका अनुसार प्रधानमन्त्रीले वार्ताको कुनै पहल नगरेपछि राजपा नेताहरु पनि चुपचाप बसिरहेका छन्।

‘एक हप्तादेखि सरकारसँग राजपाको कुनै वार्ता भएको छैन’, नेपालखबरसँग महासचिव झाले भने, ‘समयद आन्तरिक व्वस्तताका कारण प्रधानमन्त्रीले राजपासँग वार्ताका लागि पहल नगर्नु भएको होला।’

त्यस्तै गत शनिबार मात्रै प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सरकार प्रवेशका लागि वार्तामा बसेका फोरमका अध्यक्ष उपेन्द्र यादव सरकार प्रवेशका लागि भएको वार्तामा कुनै प्रगति नभएको बताउँछन्।

नेपालखबरसँग अध्यक्ष यादवले भने, ‘सरकार प्रवेशको विषय अगाडि बढेको छैन, हामी हाम्रा मुद्दामा प्रस्ट भएपनि सरकार अलमलमा देखिएको छ।’

प्रधानमन्त्रीको भारत भ्रमणअघि सरकारमा जाने अवस्था आउला? नेपालखबरको प्रश्नमा अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्री भारत जानुअघि सरकारमा जाने नजाने भन्ने कुरा प्रधानमन्त्रीलार्इ नै थाहा होला।’

अध्यक्ष यादवका अनुसार संविधान संशोधनको मुद्दामा सरकारले लिखित सहमति गर्न चहेको छैन। सरकारलार्इ विश्वास गरेर राष्ट्रपति र प्रधानमन्त्रीको पक्षमा मतदान गरेको तर, सरकारले संविधान संशोधनको मुद्दामा लिखित सहमति गर्न नचाहेकाले सरकार प्रवेशमा ढिलाइ भएको यादवले बताए।

उनले भने, ‘प्रधानमन्त्री ओलीले चाहनु भयो भने भारत जानुभन्दा अगाडि हामी सरकारमा जान्छौं, चाहनु भएन भने सरकारमा कहिल्यै जाँदैनौं।’

त्यस्तै राजपा अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी भने सरकारले संविधान संशोधनको समयसिमा तोकेर हस्ताक्षर र आफ्ना अन्य सर्तहरु पुरा गर्ने वित्तिकै सरकारमा जाने बताउँछन्। उनले अहिले सरकार प्रवेशका विषयमा राजपासँगका केही कुराकानी नभएकोले प्रधानमन्त्री भारत जानुअघि आफूहरु सरकारमा जाने सम्भावना नरहेको बताए।

सरकारमा प्रधानमन्त्री ओलीले मधेशवादी दलका लागि स्वास्थ्य मन्त्रालय र सहरी विकास मन्त्रालय छुट्याएका छन्। तर, मधेशवादी दलहरु आफ्ना मुद्दाहरु टुंगो नलागुन्जेल सरकारमा नजाने मुडमा छन्।

राजपाले थुनामा रहेका टिकापुर घटनाका मुख्य आरोपी एवं कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलार्इ सपथग्रहणको वातावरण मिलाउनु पर्ने शर्त राखेको छ।

प्रधानमन्त्री केपी ओलीले राजपा अध्यक्ष महन्थ ठाकुरलार्इ संसदमा राष्ट्रपति विद्यादेवि भण्डारी र आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै संविधान संशोधन लगाएत रेशम चौधरीलार्इ पनि संसदको सपथग्रहणको वातावरण मिलाउने आश्वासन दिएको राजपाका नेताहरूको दावी छ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ सुरक्षाकर्मीको हत्या भएको थियो। जिउँदै जलाएर र भाला हानेर सुरक्षाकर्मी हत्या गरिएको सो घटनामा प्रदर्शनकारीले २ वर्षे बालकको समेत ज्यान लिएका थिए। सोही घटनाका मुख्य आरोपीको रुपमा फरार चौधरीले राजपाबाट भुमिगत अवस्थामै चुनाव लडेका थिए।

आफू उक्त घटनामा संलग्न नभएको भन्दै घटनाको ३० महिनापछि फागुन १४ गते चौधरी कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए। उनी हाल काठमाडौंमै थुनामा छन्।

पहिले संविधान संशोधनको माग उठाउँदै आएको राजपाले पछिल्लो समय रेशम चौधरीसहितको रिहाइको मागलार्इ प्राथमिकताका साथ उठाइरहेको छ।

 

प्रकाशित १६ चैत २०७४, शुक्रबार | 2018-03-30 08:40:17
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं