‍सरकार प्रवेश: राजपामा तीनधार, अन्योलमा फोरम




यादव, ओली र ठाकुर
यादव, ओली र ठाकुर

सरकार प्रवेशका लागि संघीय समाजवादी फोरममा आन्तरिक विमति देखिँदा अर्काे मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) भित्र भने सरकारमा जाने विषयमा शीर्ष नेताहरु तीनधारमा विभाजित भएका छन्।

NIC ASIA

प्रधानमन्त्री केपी शर्मा ओली राजपा र फोरम दुबैलाई सरकारमा लैजान सकरात्मक देखिँदा दुबै दलभित्र सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद बढ्न थालेको छ।

राजपामा तीनधार
सरकार विस्तार भएपछि २ चैतको साँझ नै प्रधानमन्त्री ओलीसँग सरकार प्रवेशका विषयमा वार्ता गर्न बालुवाटार पुगेका अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

भेटघाटको आवरण थुनामा रहेका सांसद रेशम चौधरीलगायत अन्य कार्यकर्ताहरुको रिहाई थियो। तर चौधरी लगायतलाई मुक्त गराएर सत्तारोहणको बाटो निर्माण गर्न राजपा नेताहरुले चाहेका थिए।

खासमा राजपाले केही मन्त्रालयका अलावा उपराष्ट्रपति पदको पनि दावी गरेको थियो, खासगरी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले। तर, आफ्नो भागमा परेको उपराष्ट्रपति पद छाड्न माओवादी केन्द्र तयार थिएन। उपराष्ट्रपतिको आश गरेका ठाकुर यो पद नपाएपछि सरकारमा जाने पक्षमा छैनन्।

सम्बन्धित समाचार: राजपा सरकार प्रवेशबाट कति टाढा?

सरकारमा सहभागिताका सम्बन्धमा दोस्रो धारमा छन्, राजेन्द्र महतो। महतो लगायतका नेता सरकारमा जान त चाहन्छन्। तर, सरकारमा जानुभन्दा पहिले रेशम चौधरी र अन्य बन्दीलार्इ रिहा गराउने, त्यसपछि मात्र बाँकी मुद्धाहरुमा सरकारसँग छलफल गरेर सरकारमा जाने पक्षमा महतो लगायत केही नेता छन्।

त्यसकारण महतो समूह अहिले अध्यक्ष ठाकुरलार्इ अगाडि सारेर प्रधानमन्त्री ओलीसँग रेशम चौधरी लगायतको रिहाईका लागि दबाब सिर्जना गरिरहेको छ।

महतोले नेपालखबरसँग भने, ‘अहिले हामी मुद्दाकै विषयमा छलफल गरिरहेका छौं। महतोले आफूहरुले सरकारर्लाई विश्वास गरेर विश्वासको मत दिइसकेकाले अब सरकारले आफूहरुको मागको सुनुवाई गर्नुपर्ने बताए।

शरदसिंह भण्डारीले चाहिँ राजपाभित्र तेस्रो धारको नेतृत्व गर्छन्, जो तत्काल सरकार जानुपर्छ भन्ने मान्यता राख्छन्। उनको मान्यता के छ भने, ‘प्रधानमन्त्री ओली हाम्रा मागप्रति सकरात्मक छन् भने धेरै किन शंका गर्ने?’

पहिले सरकारमा जाने, त्यसपछि सरकारमार्फत् आफ्ना सरोकारका मुद्दाहरुको कार्यान्वयन गर्नुपर्ने धारणा भण्डारीको छ। फोरमले जस्तै संविधान संसोधनमा सहमति गरेर सरकारमा जानुपर्ने धारणा भण्डारीको छ। उनी भन्छन्, ‘धेरै कुरा मिलिसकेको छ, त्यसैले हामीहरु सरकारमा जाने पक्का जस्तै छ।’

सम्बन्धित समाचार: राजपालाई सरकारमा ल्याउन माओवादी असहमत

सरकार प्रवेशका सम्बन्धमा राजपा अध्यक्ष मण्डलका तीन प्रमुख नेताहरुको तीन धार देखिएपनि महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादव भने त्यति खुलेका छैनन्। यद्यपी, आफूहरुले उठाएको एजेण्डाहरु पुरा नहुने स्थितिमा सरकारमा जान नहुने मान्यता उनीहरु पनि राख्छन्।

अन्योलमा फोरम
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पनि सरकार प्रवेशका सन्दर्भमा आन्तरिक आन्तरिक झमेलाबाट मुक्त हुन सकेको छैन। अध्यक्ष यादव संविधान संसोधनका सम्बन्धमा लिखित सहमति गरेर सरकारमा जान चाहन्छन्, तर लिखित सहमतिका लागि प्रधानमन्त्री ओली तयार छैनन्।

सरकारमा जान इच्छुक कतिपय फोरम नेताहरु भने प्रधानमन्त्री ओलीले सार्वजनिकरुपमानै संविधान संशोधन हुने कुरा बताइसकेकाले लिखित सम्झौताको कुनै आवश्यक्ता नभएको बताइरहेका छन्। उनीहरु पनि ओलीको कुरामा विश्वास गरेर सरकारमा जानुपर्ने पक्षमा छन्।

यसअघि नै फोरमले ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। त्यसैले, ४ चैत्रमा अध्यक्ष यादवले सरकारमा जाने नेताहरुबारे निर्णय गर्न पदाधिकारी बैठक बोलाए। तर, लिखित सहमति नगरी सरकारमा जान नहुने निर्णय बैठकले गरिदियो।

सम्बन्धित समाचार: ओली सरकारमा फोरम किन सहभागी भएन?

संघीय फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले फोरम–सरकारबीचको वार्ता कहाँ पुगेको हो र कहिले टुंगिने हो, आफूलार्इ केही जानकारी नभएको बताए। उनले भने, ‘वार्तामा के भइरहेको छ, मलार्इ थाहा छैन। वार्ताबारे सबै जानकारी अध्यक्षज्यूर्ला नै छ।’

अर्की सहअध्यक्ष रेणुकुमारी यादव भने सरकारसँगको वार्ता अन्तिम चरणमा पुगेको र छिट्टै निष्कर्षमा पुग्ने बताउँछिन्। यादवले नेपालखबरसँग भनिन्, ‘वार्ता भइरहेको छ, अब छिट्टै सहमति हुने जानकारी मैले पाएकी छु।’

फोरमका नेताहरुले जे भनेपनि ओलीको मौखिक आश्वासनमा विश्वास गरेर सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्न फोरमका नेताहरुलाई अप्ठेरो भइरहेको छ। त्यसैले, ‘फेस सेभिङ्ग’ क लागि उनीहरु संविधान संसोधनका सन्दर्भमा लिखित सहमति भइदिए हुन्थ्यो भन्ने चाहिरहेका छन्।

प्रकाशित ६ चैत २०७४, मंगलबार | 2018-03-20 12:53:42
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...