राजपा सरकार प्रवेशबाट कति टाढा?

राजपा-फोरमबीच छलफल हुँदै




राजपा नेपालका नेताहरु
राजपा नेपालका नेताहरु

चैत २ गते प्रधानमन्त्री केपी शर्मा अाेलीले मन्त्रिपरिषद विस्तारकाे तयारी गरिरहेका थिए।

त्याे दिन विहानै राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो बालुवाटार पुगे। दुर्इ नेताहरुको टोलीले प्रधानमन्त्री केपी ओलीसँग सरकार विस्तार र सरकार प्रवेशबारे विल्कुलै कुरा गरेनन्। 

त्यहाँ सांसद रेशम चाैधरीकाे रिहाइबारे मात्र कुरा भयाे।

त्यसैदिन बेलुका टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीले गृहमन्त्री रामबहादुर थापा 'बादल'को हातबाट जुस पिउँदै अनसन तोडे। स्रोतका अनुसार चौधरीले अनसन तोडेपछि अध्यक्ष ठाकुर र अध्यक्ष मण्डलका सदस्य महतो फेरि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग सरकार प्रवेशको बारेमा छलफल गरे।

उक्त छलफलमा प्रधानमन्त्री ओलीले कानुनी जटिलताका कारण रेशम चौधरीलार्इ सपथग्रहणको व्यवस्था छिट्टै मिलाउन नसकेको तर वाचा नतोड्ने बताएका थिए। त्यस्तै राजपा नेता ठाकुर र महतोले सरकारमा आउन आफूहरु तयार भएकोले आफ्ना सर्तहरुमा ध्यान दिन अनुराेध गरे। ओलीले पनि मधेशवादी दलहरु राजपा र संघीय समाजवादी फोरमलार्इ सँगै सरकारमा ल्याउन चाहेको सुनाए।

कैलाली घटनामा अड्कियाे राजपा

२०७२ भदाै ७ गते कैलालीमा हिंसात्मक घटना हुँदा गृह मन्त्रीकाे जिम्मेवारीमा एमाले नेता वामदेव गाैतम थिए। साे दिन थारुवान–थरुहट संघर्ष समितिकाे अगुवाइमा प्रदर्शनकारीले घेरा हाली एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ सुरक्षाकर्मीकाे हत्या गरेका थिए। जिउँदै जलाएर र भाला हानेर सुरक्षाकर्मी हत्या गरिएकाे साे घटनामा प्रदर्शनकारीले २ वर्षे बालककाे समेत ज्यान लिएका थिए। घटना भएकै दिन बागबजारमा प्रेस चाैतारीकाे कार्यक्रममा बाेल्दै एमाले अध्यक्ष अाेलीले 'कैलाली घटना अातंककारी र अपराधिक' भएकाे अभिव्यक्ति दिएका थिए।

'सुरक्षाकर्मी जिउँदै जलाउने र भाला हानेर मार्ने कैलाली घटना आतंककारी र आपराधिक हो। यसलाई सरकारले डटेर सामाना गर्नुपर्छ। कैलालीमा सामाजिक सद्भाव भड्काउन खोजेका छन्। सरकारले दृढतापूर्वक शान्ति सुरक्षा कायम गराउनु पर्छ। खुट्टा कमाउनु हुँदैन', उनले भनेका थिए, 'सीमाङ्कनको विषयलाई लिएर आज निहूँ खोज्नेहरु हिजो सीमाङ्कन किन भएन भनेर निहूँ खोज्नेहरु नै हुन्। यस पछाडि रहेका उद्देश्य बुझ्न आवश्यक छ।'

हाल राजपाबाट निर्वाचित सांसद रेशम चाैधरी साे घटनाका मुख्य याेजनाकार मानिन्छन्।

पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वकाे सरकारले कैलाली घटना 'राजनीतिक' भन्दै अाराेपीलाइ रिहा गर्न चाहेकाे थियाे। सुरक्षाकर्मी हत्या गर्ने समूहलाइ कानुनी कारवाहीबाट बञ्चित गर्दा ज्यानकाे बाजी थापेर फिल्डमा खटिने सुरक्षाकर्मीकाे मनाेबल गिर्ने भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले अापत्ति जनाएपछि साे कार्यले मुर्तरूप पाउन सकेकाे थिएन।

अहिले अाएर तिनै रेशम चाैधरीकाे रिहाइमा अाेली सरकार कुटनीतिक बनेकाे हाे वा साँच्चै छाेड्न चाहेकाे हाे भनेर राजपा नेताहरू वास्तविक जाँच गर्न खाेजिरहेजस्ता देखिन्छन्। सरकारमा जाने/नजाने विषयमा याे पक्ष पनि निर्णायक फ्याक्टरहरूमध्ये पर्ने देखिएकाे छ।

राजपा स्रोतअनुसार पार्टीको आन्तरिक छलफलमा प्रधानमन्त्रीसँगको वार्ताबारे ठाकुर र महतोले यसबारे ब्रिफिंग गरेका छन्। राजपा नेताहरुको प्रधानमन्त्री केपी ओलीसँग भएको अनौपचारिक वार्ता तुलनात्मक रुपमा सफल भइरहेकाले राजपा सरकारमा जाने पक्का भएको अनाैपचारिक रूपमा बताउँछन्। तर राजपाले सरकारमा सहभागी हुन अाफ्ना मागहरू थप गर्दै लगेकाे छ। पहिला संविधान संशाेधनकाे माग उठाउँदै अाएकाे पार्टीले पछिल्लाे समय रेशम चाैधरीसहितकाे रिहाइकाे मागलाइ प्राथमिकताका साथ उठाइरहेकाे छ।

सरकारमा जान अापफूहरूलाइ हतार नरहेकाे राजपा नेता शरतसिंह भण्डारी बताउँछन्। 'हामीलाइ हतार छैन बरू प्रधानमन्त्रीज्यूलाइ हामीलाइ सरकारमा लान हतार भएकाे छ। हाम्रा लागि सरकारभन्दा हाम्रा मुद्दा महत्वपूर्ण छन्', उनी भन्छन्, 'सरकारमा नजानुकाे कारण पनि यही नै हाे।'

प्रधानमन्त्री अाेलीले मधेसवादी दललाइ सरकारमा ल्याउनकै लागि मन्त्रालयको संख्या बढाएर २१ पुर्याएका छन्। शहरी विकास र जनसंख्या तथा वातावरण गरी दुई मन्त्रालय अझै प्रधानमन्त्रीसँगै छन्।

राजपा-फोरमबीच छलफल हुँदै

वाम गठबन्धनले मधेसवादी दुर्इ दलका नेतालाइ फरक फरक 'डिल' गर्दै अाइरहेका बेला राजपा र समाजवादी फोरमले सरकारमा जाने विषयमा  एक आपसमा वार्ता गर्ने तयारी गरेका छन्। 'दुर्इ दलको छलफल हुने कुरा अगाडि बढेको छ' राजपा महासचिव केशव झाले नेपालखबरसँग भने,'आज अनौपचारिक रुपमा वार्ता गर्ने भनिएको थियो तर समय अनुकुलताका कारण वार्ता हुने पक्का छैन।'

उनका अनुसार सरकारमा जानको लागि दुर्इ दलले सहकार्य गरेमा दुवैकाे भलार्इ हुने भएकाले राजपा-फोरमबीच वार्ता हुन लागेको हो। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेका यी दुइ दल यसअघि मधेस अान्दाेलन पनि सँगै थिए। प्रदेश २ मा दुइ दलकाे संयुक्त सरकार छ।

प्रकाशित ४ चैत २०७४, आइतबार | 2018-03-18 18:26:24
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    ‘टुटल’ र ‘पठाओ’ प्रहरी निशानामा, मोटरसाइकलमा भाडाका यात्रु बोक्न रोक

    यातायात व्यवस्था विभागसँग समन्वय बिना नै ट्राफिक प्रहरीले बंगलादेशी कम्पनी ‘पठाओ’ र नेपाली कम्पनी ‘टुटल’ लाई निजी नम्बर प्लेट भएका सवारीसाधनमा...

  • एसएसपी बढुवा प्रतिस्पर्धीमा रहेका चार महिला एसपीहरू

    एसएसपी बढुवाको बाटो खुला, चार महिलासहित ३२ प्रतिस्पर्धामा

    सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेको छ। नियमावली संशोधनसँगै वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि कानुनी बाटो...

  • मञ्जु काँचुली

    जो रानी ऐश्वर्यकी साथी भइन्, गिरिजा–सुशीलको माया पाइन्

    आईएको परीक्षा भर्खरै सकिएको थियो। त्यति नै बेला मञ्जुले गोरखापत्रमा राजा वीरेन्द्रसँग ऐश्वर्याको फोटो देखिन्। जुन फोटो बिहेको शुभकामना तथा...

  • फुल्चोकीको जंगलबाट शनिबार राती उद्धार गरिएका युवा

    फुल्चोकी यात्राः मूलबाटो छाड्यो कि बेपत्ता हुने खतरा बढ्यो

    ‘रात सुरुहुनु अघि नै केही गरिहाल्नु पथ्र्यो, हामी ७ वटा टिम बनाएर फिल्डमा गयौं,’ ललितपुरका एसपी खनालले भने, ‘मेट्रोले टिपाएको नम्बरमा एकपटक धन्न...