विमान दुर्घटना: जाचँबुझ आयोगले थाल्यो काम




दुर्घटनापछि जल्दै गरेकाे युएस बंगलाकाे जहाज
दुर्घटनापछि जल्दै गरेकाे युएस बंगलाकाे जहाज

युएस बंगला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न गठित जाचँबुझ आयोगले आजदेखि आफ्नो काम शुरु गरेको छ ।

NIC ASIA

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त विमान सम्बन्धमा छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाचँबुझ आयोग गठन गरेको थियो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले युएस विमान दुर्घटना सम्बन्धमा दुर्घटना जाँच आयोगले आजैदेखि अनुसन्धानको काम शुरु गरेको जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव आचार्यले आयोगको काम शुरु भएको र मन्त्रालयमा सचिवालय स्थापना गरेर अनुसन्धान कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइले बताए।

'दुर्घटना जाचँबुझ आयोगले काम थालिसकेको छ, यो अन्तर्राष्ट्रिय उडानमा सरिक वायुयान दुर्घटना भएकाले यसमा धेरै खालका विज्ञहरुको संलग्नता रहन्छ, जहाज निर्माता क्यानेडियन कम्पनीलाई जानकारी गराइसकेका छौं, बंगलादेश नागरिक उड्डयन प्राधिकरणलाई पनि खबर गरिएको छ, अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता संस्थासँग सहकार्य गरेर अनुसन्धानका कार्य अघि बढाउँछौं' उनले भने। 

सहसचिव आचार्यका अनुसार व्यापारिक उडानमा रहेको विमान दुर्घटनाको यति अवधिमा छानबिन गरिसक्ने भन्ने विश्वव्यापी कुनै मान्यता नरहेको भएतापनि नेपालले दुई महिना ९० दिन र बढीमा पाँच महिना अवधिको समयावधि अभ्यास गर्दै आएको छ। सकेसम्म पाँच महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने भन्ने प्रारम्भिक सम्झौता भएको उनले बताए। 

बंगलादेशका पर्यटनमन्त्री, परराष्ट्रराज्यमन्त्री तथा त्यहाँको नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको टोली काठमाडौँ आइसकेको र आज साँझ उनीहरुसँग छलफल हुने सहसचिव आचार्यको भनाइ छ। छ सदस्यीय जाचँबुझ आयोगको सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनिल प्रधान र उद्धवप्रसाद सुवेदी हुनुहुन्छ भने सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने छन्। 

पत्रकार सम्मेलनमा उपस्थित पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटाले दुर्घटनाको संकटकालीन अवस्थालाई हेर्दा विमानस्थलले सरोकारवाला निकायको सहयोगमा चाँडो र प्रभावकारी उद्धार गरेको उल्लेख गर्दै खोज तथा उद्धार कार्यमा संलग्न सबैप्रति धन्यवाद व्यक्त गरे । उहाँले विमान दुर्घटनामा परी मृत्यु भएकाप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे।रासस 


प्रकाशित २९ फागुन २०७४, मंगलबार | 2018-03-13 21:21:47
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।