विमान दुर्घटनाप्रति चीन दुःखी


Infocus



चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ

करिब ४९ जनाको ज्यान जाने गरी काठमाडौमा भएको विमान दुर्घटनाप्रति चीनले गहिरो दुःख प्रकट गरेको छ।

मंगलबार बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले मानवीय क्षति हुने गरी भएको विमान दुर्घटनाप्रति हृदयदेखि नै दुःख लागेको बताउँदै मृतकप्रति हार्दिक शोक व्यक्त प्रकट गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

सोमबार ७१ यात्रुसहित बंगलादेशको ढाकाबाट उडेको युएस-बंगला विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्युभएको थियो भने अन्य २२ जना घाइते भएका थिए।

पत्रकारले विमानमा एकजना चिनियाँ नागरिक पनि रहेकोबारे सोधेको प्रश्नमा परराष्ट्र प्रवक्ता लुले प्रारम्भिक प्रतिवेदनमा चिनियाँ नागरिकको पनि मृत्यु भएको पुष्टि गरे।

नेपालमा विमान दुर्घटना भएलगत्तै काठमाडौस्थित चिनियाँ दूतावासले तुरून्तै दुर्घटनास्थलमा अाफ्ना अधिकारी पठाएको र दुर्घटनामा मारिएका चिनियाँ यात्रुको परिवारलाई जानकारी दिई आवश्यक सहयोग दिइरहेको उनले जानकारी दिए। ‘चीन सरकारले मृतकका परिवारजनलाई यथोचित सहयोग दिइरहेको छ। नेपालस्थित चिनियाँ दूतावासले पनि दुर्घटनाप्रति गहिरोसँग ध्यान राखिरहेकाे छ', उनले भने। 

प्रकाशित २९ फागुन २०७४, मंगलबार | 2018-03-13 19:08:35
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट उडेकाे एयर एशियाकाे जहाज

    २१ करोड नतिराई एयर एशिया भगाउने को हो?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीलाई एयर एशिया एक्सले काठमाडौं उडान रोक्दैछ भन्ने कुरा असोज अगाडि नै थाहा भइसकेको थियो।

  • प्रधानमन्त्रीको त्यो निर्देशन जसले एक निर्दाेष विद्यार्थीको भविष्य चौपट बनायो

    मंगलबार बिहान ९ बजे पूर्व एआईजी देवेन्द्र सुवेदीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्इको ट्विटमा एउटा रिप्लाई दिए।

  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

    मोदीले गढ गुमाउँदाको क्षति कति ठूलो?

    सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)लाई ऐतिहासिक बहुमत दिलाउन राजस्थान, छत्तिसगढ र मध्यप्रदेशको भूमिका महत्वपूर्ण थियो।

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।