तेब्बर मतान्तरका साथ भण्डारी दोस्रो पटक राष्ट्रपति निर्वाचित


Infocus


राष्ट्रपति विद्यादेवी भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारी
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारी पुन दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी छन्। प्रतिद्वन्द्वी कांग्रसकी कुमारी लक्ष्मी राई भन्दा झण्डै तेब्बर मतान्तरका साथ पराजित गर्दै भण्डारी राष्ट्रपति निर्वाचित भएकी हुन्।

NIC ASIA

मंगलबार विहान १० देखि अपरान्ह ३ बजेसम्म भएको मतदानपछिको गणनामा भण्डारीले ३९ हजार २ सय ४५ मत पाइन्। भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र दुबै राप्रपा लगायतका दलले मतदान गरेका थिए।

भण्डारीकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत प्राप्त गरिन्। यस हिसावले प्रतिद्वन्दी राईले भन्दा भण्डारीले २७ हजार ५ सय ४५ बढी मत पाइन्।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभा, ५९ सदस्यीय राष्ट्रिय सभा र ५ सय ५० सदस्यीय प्रदेश सभा सदस्यहरु यो निर्वाचनका मतदाता रहेपनि प्रतिनिधि सभाका १, राष्ट्रिय सभाका ३ र प्रदेश सभाका १ सदस्यको नाम मतदाता सूचीमा थिएन।

आजको मतदानमा प्रदेश सभाका ९ जना सदस्यहरु अनुपस्थित रहे। निर्वाचनका लागि संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सदस्यको मतभार ७९ तोकिएको थियो भने प्रदेश सभाका सदस्यहरुको मतभार ४८ थियो।

मतभारको यो हिसाव अनुसार संघीय संसदको २६ हजार ३ सय ८६ र प्रदेश सभाको २६ हजार ४ सय गरी ५२ हजार ७ सय ८२ मतभार थियो। निर्वाचित हुन ५० प्रतिसत मत पाउनु पर्ने हुँदा राष्ट्रपतिमा निर्वाचित हुनेले २६ हजार ४ सय मत प्राप्त गर्नुपर्ने थियो।

भण्डारी यसअघि ११ कार्तिक २०७२ मा राष्ट्रपति निर्वाचित भएकी थिइन्। त्यो बेला ५ सय ९७ सदस्यीय प्रतिनिधि सभामा भण्डारीले ३ सय २७ मत पाएकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कूलबहादुर गुरुङले २ सय १४ मत पाएका थिए। 

प्रकाशित २९ फागुन २०७४, मंगलबार | 2018-03-13 17:34:22
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...