बैद्य माओवादीको ‘शारीरिक प्रशिक्षण’ मा प्रहरी हस्तक्षेप


Infocus



गुम्बाडाँडामा शारीरिक प्रशिक्षण
गुम्बाडाँडामा शारीरिक प्रशिक्षण

नेकपा (क्रान्तिकारी–माओवादी) का अध्यक्ष मोहन बैद्यले उद्घाटन गरेको एउटा प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। क्रान्तिकारी–माओवादी सम्बद्ध क्रान्तिकारी युवा लिग नेपालको प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो।

मकवानपुरको गुम्बाडाँडास्थित हर्नामाडी कला प्रतिष्ठानमा बैद्यले २८ फागुनमा सो प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका थिए। लिगको प्रदेश–३ कमिटीको आयोजनामा त्यहाँ ३ दर्जन युवाहरुलाई बैचारिक तथा शारीरिक प्रशिक्षण दिइँदै थियो।

प्रहरीसँग सवालजवाफ

प्रहरीसँग सवालजवाफ

हिजोदेखि सुरु भएको कार्यक्रममा आजै विहानैदेखि लाठीसहितको तालिम चलिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विकासराज खनालसहितको टोली गुम्बाडाँडा पुगेको थियो।

प्रहरीसँग सवालजवाफ

प्रहरीसँग सवालजवाफ

प्रशिक्षणस्थल पुगेका एसपी खनालले लाठीसहितको तालिम गर्दा स्थानीयवासीमा त्रास र आतंक सिर्जना हुने भन्दै त्यसो नगर्न नेताहरुलाई आग्रह गरेका थिए। उद्घाटन सकेर हिँडेपनि दिनेश शर्मा, हस्तबहादुर केसी लगायतका नेता थिए।

शारीरिक प्रशिक्षण

शारीरिक प्रशिक्षण

त्यसक्रममा प्रहरी सहायक निरीक्षक बिनश चौधरी नेतृत्वको टोलीले उनीहरुको बासस्थानमा छापा मारेको थियो, जहाँ शारीरिक प्रशिक्षणका लागि केही लठ्ठी भेटिएका थिए। ती लठ्ठी प्रहरीले बरामद गरेको छ।

परेड

परेड

नेपालखबरसँग कुरा गर्दै खनालले जनजीवन आतंकित नहुने गरी कार्यक्रम गर्न आफूले सम्झाई बुझाई गरेको बताए। खनालले भने, ‘लठ्ठी सहितको परेडले जनजीवन आतंकित हुनसक्छm. हामीले त्यसो नगर्न आग्रह गरेका हौं।’

शारीरिक प्रशिक्षण

शारीरिक प्रशिक्षण

खनालका अनुसार, झण्डै तीन दर्जन युवाहरु सो कार्यक्रममा बैचारिक तथा शारीरिक प्रशिक्षण लिइरहेका छन्। त्यसमध्ये शारीरिक प्रशिक्षणका लागि प्रयोग गरिएको २० लठ्ठी बरामद गरिएको उनले बताए।

 

प्रशिक्षणको उद्घाटन गर्दै बैद्य

प्रशिक्षणको उद्घाटन गर्दै बैद्य

‘उहाँहरुले शान्तिपूर्ण कार्यक्रम गर्न पाउनुहुन्छ, तर जनजीवन आतंकित पार्ने गरी तालिम र परेड गर्ने छुट कसैलाई छैन’ खनालले भने, ‘लठ्ठी हामीले बरामद गरेका छौं, परेड बाहेक उहाँहरुको कार्यक्रम भने जारी रहन्छ।’

प्रकाशित २९ फागुन २०७४, मंगलबार | 2018-03-13 15:33:45
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट उडेकाे एयर एशियाकाे जहाज

    २१ करोड नतिराई एयर एशिया भगाउने को हो?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीलाई एयर एशिया एक्सले काठमाडौं उडान रोक्दैछ भन्ने कुरा असोज अगाडि नै थाहा भइसकेको थियो।

  • प्रधानमन्त्रीको त्यो निर्देशन जसले एक निर्दाेष विद्यार्थीको भविष्य चौपट बनायो

    मंगलबार बिहान ९ बजे पूर्व एआईजी देवेन्द्र सुवेदीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्इको ट्विटमा एउटा रिप्लाई दिए।

  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

    मोदीले गढ गुमाउँदाको क्षति कति ठूलो?

    सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)लाई ऐतिहासिक बहुमत दिलाउन राजस्थान, छत्तिसगढ र मध्यप्रदेशको भूमिका महत्वपूर्ण थियो।

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।