भण्डारीलाई भोट दिएर सरकारमा आउन राजपालाई ओलीको आग्रह

सरकार प्रवेशका लागि राजपाको आन्तरिक छलफल हुँदै


Infocus



प्रधानमन्त्री केपी शर्मा अाेली मधेसवादी दललाइ सरकारमा ल्याउन प्रयसारत छन्। संघीय समाजवादी फाेरम सरकारमा जाने निश्चित भएसँगै उनी राष्ट्रिय जनता पार्टीका नेताहरूलाइ सरकारमा अाउन अाग्रह गरिरहेका छन्।

NIC ASIA

बुधबार राजपा राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले आफूलाई प्रधानमन्त्री केपी ओलीले लिखित सहमतिबिना सरकार प्रवेश गर्न अाग्रह गरेकाे पार्टी नेताहरुलाई ब्रिफिङ गरे।

राजपा स्रोतकाअनुसार बुधबार विहान प्रधानमन्त्री ओलीले र ठाकुरबीच टेलिफोन वार्ता भएकाे थियाे। प्रधानमन्त्रीले राष्ट्रपति उम्मेदवार विद्यादेवी भण्डारीको पक्षमा मतदान गर्न अाग्रह गरेकाे ठाकुरले तल्लाे तहका नेताहरूलाइ जानकारी गराए। 'विद्या भण्डारीलाइ मतदान गर्नुहाेस् र अरू कुरा छाेडेर सरकारमा अाउनुहाेस्', अाेलीकाे भनाइ उदृत गर्दै ठाकुरले नेताहरूलाइ ब्रिफिंग गरे। सरकारमा बाेलाउने अाेलीकाे प्रस्तावमा के निर्णय गर्ने भनेर पनि नेताहरूलाइ प्रश्न गरेका थिए।

यही सन्दर्भमा शुक्रबार बिहान फेरि अाेली-ठाकुरबीच टेलिफाेन सम्वाद भएकाे छ। 'आज विहान प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच टेलिफोल वार्ता भएको छ। साे वार्ताबारे ३ बजे बस्ने पार्टीकाे बैठकमा उहाँले जानकारी गराउँदै हुनुहुन्छ', राजपा स्रोतले नेपालखबरसँग भन्याे। शुक्रबार ३ बजेका लागि राजपा पार्टी कार्यालयमा पार्टी बैठक बाेलाइएकाे छ।

सम्बन्धित समाचार: सरकार प्रवेशका लागि आज राजपाको आन्तरिक छलफल हुँदै

आइतबार संसदमा भेट हुँदा पनि अाेलीले ठाकुरलाइ सरकारमा अाउन अाग्रह गरेका थिए। त्यसपछि सरकारमा जाने कि नजाने भन्ने विषयमा सोमबार राजपा अध्यक्ष मण्डलका नेताहरूबीच छलफल भएकाे थियाे। बैठकमा संविधान संशाेधनका विषयमा कुरा मिले सरकामा जान सकिने नेताहरूले बताएका थिए। 

'संविधान संशोधनमा कुरा मिलेपछि सरकारमा जान तयार छाैं। सबै कुरा एकैपटक नभए क्रमैसँग हाम्रा मुद्धा सम्वोधन गरे पनि हुन्छ', राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले नेपालखबरसँग भने।

अाज शुक्रबार बस्ने भनिएकाे बैठकमा राजपाले सरकारमा जानको लागि आधार तय गर्न सक्ने सम्भावना छ। प्रधानमन्त्री ओलीको प्रस्तावमा राजपाका सबै नेता एकमत छैनन्। असहमत नेताहरूले ओलीले माग पूरा गर्ने सहमतिपत्रमा हस्ताक्षर गरे मात्र सरकारमा जान सकिने बताउँदै अाएका छन्। तर ओलीले राजपालाइ बिनासर्त सरकारमा अाउन अाग्रह गरिरहेका हुन्।

प्रकाशित २५ फागुन २०७४, शुक्रबार | 2018-03-09 14:20:40
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...