ईपीजी बैठकः दुवै पक्ष संयुक्त प्रतिवेदन लेख्ने अभ्यासमा


Infocus


काठमाडौँमा बसेको  ईपीजी बैठक
काठमाडौँमा बसेको ईपीजी बैठक
फाइल फोटो
NIC ASIA

सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि लगायत सबै खाले सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध ब्यक्ति समूह (ईपीजी) को सातौं बैठक संयुक्त प्रतिवेदनमा केन्द्रित भएको छ।

शनिबारदेखि काठमाडौँमा शुरु भएको बैठकमा दुवै पक्षले तयार गरेका मस्यौदामाथि छलफल भइरहेको र त्यसलाई संयुक्त प्रतिवेदनमा ढाल्नेबारे लेखनको अभ्याससमेत भएको नेपाली समूहका संयोजक डा भेषबहादुर थापाले जानकारी दिए।

आगामी ४ महिनाभित्र आठौं बैठक बसे। प्रतिवेदन बुझाउने म्यान्डेट पाएको ईपीजीका दुवै पक्षले हिजोको बैठकमा आफूले तयार गरेको मस्यौदामाथि छलफल गरेका थिए। २ सत्र बनाएर करिब ५ घन्टा चलेको बताइएको छ।

बैठकमा सन् १९५० को सन्धि, खुला सिमाना र दुई देशबीच भएका अन्य विविध सन्धिसम्झौताको पुनरावलोकनबारे बनाइएको मस्यौदामाथि दुवै पक्षले छलफल गरेका थिए। त्यहाँ संयुक्त प्रतिवेदन लेखनको अभ्याससमेत भएको थियो। ‘दुवै पक्षले तयार पारेको आआफ्नो प्रतिवेदनलाई कसरी संयुक्त रूपमा लेख्ने भन्नेमा छलफल केन्द्रित भयो,’ नेपाली टोलीका सदस्य राजन भट्टाईले नेपालखबरसँग भने।

दुई देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, व्यापार, सांस्कृतिक सम्बन्ध लगायतका बिषयमा मस्यौदा प्रतिवेदन तयार भएको र आजको बैठकमा दुवै पक्षले एकअर्काको प्रतिवेदन अध्ययन गरेर केही निष्कर्श निकाल्ने भट्टाईले जानकारी दिए।

ओलीको पहिलो प्रधानमन्त्रित्वकालमा गठन भएको ईपीजीले सुझावसहितको संयुक्त प्रतिवेदन आ–आफ्ना सरकारलाई दिनेछ। दुवै सरकारले सुझाव स्वीकारे त्यो सहमतिमा बदलिने छ।

समूहमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री समेत रहेका कुटनीतिज्ञ डा थापा, पूर्वमन्त्री नीलाम्बर आचार्य, अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय र एमाले नेता डा राजन भट्टराई छन्। भारतीय समूहमा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापक महेन्द्र पी लामा र प्राध्यापक बीसी उप्रेती छन्।

प्रकाशित १३ फागुन २०७४, आइतबार | 2018-02-25 10:01:35
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...